मन्त्रालय फुटाएर २५ पुर्‍याउने विषयमा छलफल नै नभएको:प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : मन्त्रालय फुटाएर २५ पुर्‍याउने विषयमा छलफल नै नभएको सरकारले दाबी गरेको छ। सत्ताारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालय फुटाउने विषय छलफल नभएको बताएका छन्। बैठकमा प्रधानमन्त्री दाहालसहित एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाकाका अध्यक्ष उपेन्द्र यादव बैठक सहभागी थिए।

पारिवारिक विवादमा सुटर प्रयोग गरी बुवाको हत्या

जनकपुरधाम। पारिवारिक विवादमा सुटर प्रयोग गरी बुवाको हत्या गरेको आरोपमा छोरा र ज्वाइँसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा छोरा प्रदीप दास, ज्वाइँ उदय दास र सुटर रञ्जित यादव छन्। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का ४० वर्षीय धनुषधारी दासको पुस ९ गते बेलुका साढे ७ बजे गोली प्रहारबाट ज्यान गएको थियो। उक्त घटनामा संलग्न

स्वास्थ्य बिमा कार्यक्रम हात्तीको देखाउने दाँत

विराटनगर । नेपाल सरकारले स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा ल्याए पनि प्रभावकारी हुन सकेको छैन। स्वास्थ्य बिमा कार्यक्रम भित्र रहि सेवा दिने उद्देश्यले प्रदेश एकमा मात्र सरकारी एवं निजी अस्पताल गरी आधा दर्जन भन्दा बढिले कार्यक्रम सञ्चालन को अनुमानित लिएका छन्। अहिले स्वास्थ्य बिमा अन्तरगत सेवा लिने सेवाग्राहीको लागि निल्नु न उकल्नु भएको छ। स्वास्थ्य बिमा

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

झापाका बिभिन्न स्थानहरुबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार दिउँसो प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले मे ८ प ५३४४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका कन्काई नगरपालिका-५ का २२ बर्षीय गौरव चुडाल र ४४ बर्षीय भिम बहादुर बस्नेतलाई ३ ग्राम ७०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र १

नेपाली बजारमा प्रतितोला सुनको मूल्य १ लाख २ हजार ९ सय पुगे

काठमाडौं : नेपाली बजारमा प्रतितोला सुनको मूल्य १ लाख २ हजार ९ सय पुगेको छ। सुनको मूल्य आज प्रतितोला ३ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य ९ महिनायताकै उच्च हो। यसअघि २०७८ फागुन २५ गते प्रतितोला सुनको मूल्य १ लाख ५ हजार ५०० पुगेको थियो। अघिल्लो दिन सोमबार प्रतितोला १

यादवले उपराष्ट्रपतिमा आफ्नो पार्टीको दावी दोहोर्‍याए

काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा आफ्नो पार्टीको दावी दोहोर्‍याएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष यादव बीच भेट घाटमापार्टीको दावी दोहोर्‍याएका हुन् । यादव एमाले अध्यक्ष ओलीलाई भेटन मंगलबार बेलुकी बालकोट गएको स्रोतले बताएको छ । यादवले अध्यक्ष ओलीसँग उपराष्ट्रपतिमा आफ्नो पार्टीले दावी दोहोर्‍याएका थिए ।

राउटे समुदायको एक युवा आगोमा जलेर घाइते

दैलेख : दैलेखमा बसोबास गर्दै आएको राउटे समुदायको एक युवा आगोमा जलेर घाइते भएका छन्। राती सुतिरहेको बेलामा अगेनोमा बालेको आगो बल्यांकेटमा सल्किएर उनको शरीर समेत जलेको छ। राउटे बस्तीमा राउटे परियोजनामार्फत खटिएका शिक्षक लालबहादुर खत्रीका अनुसार अगेनो नजिक सुतेका ४० वर्षीय नारायण शाही आगोले जलेर गम्भीर घाइते भएका छन्। मंगलबार राति सुतेकै बेलामा ओढेको

जसपा न्यूनतम साझा कार्यक्रम हेरेर मात्रै सरकारमा जाने-नजाने निर्णय गर्ने

विराटनगर। जनता समाजवादी पार्टीले सरकारको न्यूनतम साझा कार्यक्रम हेरेर मात्रै सरकारमा जाने-नजाने निर्णय गर्ने जनाएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा संघीयता, धर्मनिरपेक्षता र समावेशी विरोधी पनि सहभागी भएको भन्दै जसपाले सरकारको न्यूनतम कार्यक्रम पर्खने निर्णय गरेको हो। जसपाको राजनीतिक समितिमा सरकारमा जाने नजाने विषयमा सदस्यहरूको मत बाझिएको थियो । तर,

लागुऔषध सहित तीनजना पक्राउ

महोत्तरी : महोत्तरी प्रहरीले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । मंगलबार साँझ सम्सी गाउँपालिकास्थित सम्सी घण्टाघर नजिकबाट चेकजाँजको क्रममा भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका वडा नं. ६ का ३० वर्षीय जयराम आले मगर, सोही ठाँउका २७ वर्षीय सुमन परियार र २८ वर्षीय सुमन परियारलाई ७४ थान लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ

आगलागी हुँदा दुई पसलमा क्षति पुगे

चितवन : पूर्वी चितवनको खैरहनी नगरपालिकामा आगलागी हुँदा दुई पसलमा क्षति पुगेको छ । खैरहनी नगरपालिका–८ पर्सा चौबीसकोठी चोकस्थित अनुष्का सुनचाँदी ज्वेलर्स र चाँदनी फेन्सी पसलमा आगलागी भएको हो । आज बिहान ३:४० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ४:१५ बजे नेपाल प्रहरी, दमकल