प्रधान सेनापति शर्मा र भारतीय सेनाध्यक्ष जनरल पाण्डेबीच भेटवार्ता

विराटनगर। प्रधान सेनापति प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेबीच भेटवार्ता भएको छ। पाँच दिने नेपाल भ्रमणमा रहेका पाण्डेबीच सोमबार जंगी अड्डामा भेटवार्ता भएको हो। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार महारथी शर्माको कार्यालयमा भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको हो। नेपाली सेनाले यस किसिमको भेटघाटले दुई देशका

नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारमा बेरोजगारीको समस्या बढ्दो:काँग्रेस नेता राहुल गान्धी

एजेन्स। काँग्रेस नेता राहुल गान्धीले आइतबार नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारको कडा आलोचना गर्दै देशमा बेरोजगारीको समस्या बढ्दो अवस्थामा रहेको दाबी गरेका छन्। उनले भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले देशलाई विभाजित गरिरहेको आरोप पनि लगाए। भविष्य, महँगी र बेरोजगारीका कारण हरेक भारतीयको मनमा डरको भावना व्याप्त भएको र यसले उनीहरूलाई

नेकपा एसले मोरङ-६ मा सरकारलाई समेत चुनौती दिने युवा ढकाल सहित ११ जनाको नाम सिफारिस

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले मोरङको क्षेत्र नम्बर ६ (ख) बाट युवा समाजसेवी एमवं उद्योगी दिपक ढकालको नाम सिफारिस गरेको छ।ढकाल लामो समयदेखि धार्मिक पर्यटन भित्र्याउन लागेकाले युवाहरूको आग्रहमा प्रदेश सभामा सिफारिस गरिएको हो। धार्मिक स्वभावका ढकाल लामो समयदेखि विराटनगर र आसपासको क्षेत्रमा समाजसेवीको रूपमा ख्याती कमाएका छन्। मुलुकलाई धर्म निरपेक्ष घोषणा भएपछि विराटनगरको

हप्ताको पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि

काठमाडौं। सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। यसदिन नेप्से परिसूचक ६.६८ अंकले वृद्धि भएर १९७७.३० विन्दुमा अडिएको छ। सेन्सेटिभ इन्डेक्स ०.५७ अंकले वृद्धि भएर ३८३.७७ विन्दुमा पुगेको छ। आज २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता सेयर १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँमा खरिदबिक्री

भारतीय स्थल सेनाध्यक्ष जनरल पाण्डे आज नेपाल आउँदै

काठमाडौं। भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे आज नेपाल आउँदैछन्। प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी आज नेपाल आउन लागेका हुन्। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पाण्डे पाँच सदस्यीय टोलीसहित काठमाडौं आउनेछन्। पाँच दिने भ्रमणमा जनरल पाण्डेले सैनिक मञ्च टुंडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्‍डामा सम्मान गारत निरीक्षण र प्रधानसेनापति शर्मासँग छलफल हुने

सांसद पदबाट राजीनामा दिने:राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन्। आइतबार काठमाडौंमा बसेको पार्टीको विस्तारित बैठकमा बोल्दै लिङ्देनले सो कुरा बताएका हुन। उनले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा नयाँ प्रतिनिधिले सपथ नलिएसम्म अहिलेको संसदको आयु बढाउन खोजिएको भन्दै अब संसदबाट तलबभत्ता नलिने गरी सांसद पद छाड्ने घोषणा गरेका हु्न्। संसदको चुनाव घोषणा

प्रतिनिधि सभा बैठक बस्दैछ।

काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ। बैठक दिउँसो २ बजेका लागि डाकिएको छ। बैठकमा सभामुख अग्निप्रसा सापकोटाले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन गर्ने संभावित कार्यसूची छ।यस्तै सभामुख सापकोटाले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसंचालन) नियमावली २०७५ को नियम २५ र २७ बमोजिम गठित

मोरङमा सुधार केन्द्रबाट १३ जना दुर्व्यसनी फरार

विराटनगर। मोरङमा सुधार केन्द्रबाट शनिबार साँझ १३ जना दुर्व्यसनी फरार बनेका छन्। उर्लाबारी नगरपालिका–७ मा रहेको जीवन बचाउ उपचार सेवा गृह नामक सुधार केन्द्रबाट शनिबार साँझ १३ जना दुर्व्यसनी फरार बनेका हुन्। दुर्व्यसनमा फसेका लागुऔषधका सेवनकर्तालाई उपचार तथा सुधारका लागि सुधार केन्द्रमा राख्ने गरिन्छ। सुधार केन्द्रमा रहेका ३२ जनामध्ये १३ जना साँझ ६:४५ बजेतिर फरार

सुबिधा ग्यास लिक भई भान्सा कोठामा आगलागी, समयमा आएन दमकल

विराटनगर । विराटनगरमा सुबिधा ग्यास लिक भई भान्सा कोठामा आगलागी भएको छ। विराटनगर ११ केसलिया रोडमा सुबिधा ग्यास लिक भई बिस्पोट हुँदा आगलागी भएको हो। शुक्रबार बेलुका करिब ४ बजे विराटनगर ११ का विरेन्द्र यादवको घरको भान्सा कोठामा ग्यास लिक भई आगलागी भएको थियो । टिनको छाना र बाँसको घेराभरा भएको भान्सा कोठामा अगलागी हुदाँ

नेकपा विप्लव समूहका एक दर्जन नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरे

काठमाडौं। नेकपा विप्लव समूहका एक दर्जन नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई नेपाली कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन्। नेकपा विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रविन्द्र सुनार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरका