कांग्रेसले ८० सिटको हाराहारीमा सहमतिमा आउने : प्रचण्ड

विराटनगर। सत्तारूढ गठबन्धनमा सिट बाँडफाँटमा सकस परिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले ८० सिटको हाराहारीमा सहमतिमा आउने विश्वास गरेका छन् । मंगलबार धनगढी विमानस्थलमा अध्यक्ष प्रचण्डले कांग्रेस सयबाट ८० मा आउने सम्भावना बढ्दो रहेको जिकिर गरेका हुन् । गठबन्धनमा रहेका दलहरुका दाबी आआफ्नै भएपनि सहमतिको विकल्प नभएको उनको भनाइ छ

माओवादी पोलिटब्यूरो सदस्य अछामी एमालेमा प्रवेश गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का भर्खरै पोलिटब्यूरो सदस्यम बढुवा भएका मोरब इन्चार्ज गोपीबहादुर अछामी (सार्की)ले एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । एमाले स्रोतले दिएको जानकारी अनुसार अछामी नेकपा विभाजनसँगै एमालेमै रहन चाहेका थिए । यद्यपि उनी राष्ट्रियसभा सदस्य रहेको कारण पद गुम्ने डरले माओवादीमै रहेका थिए । हाल एमालेको केन्द्रीय सदस्य तथा मोरबको क्षेत्र

सेयर बजार सामान्य अंकले ओरालो लागे

काठमाडौं। सेयर बजार सामान्य अंकले ओरालो लागेको छ। आज नेप्से ४.२९ अंकले घटेर १९७३ विन्दुमा झरेको हो। कारोबारको पहिलो दिन आइतबार नेप्से ६.६८ अंकले बढेर १९७७.३० विन्दुमा अडिएको थियो। सो दिन २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता सेयर १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँमा खरिदबिक्री भएको थियो। यसदिन २२४

अन्तर रोबर्टिक्स प्रतिस्पर्धा सम्पन्न

मिति २०७९-०५-१८ गते दिन beyond apogee द्वारा आयोजित inter school robotics competiton सम्पन्न भएको छ। यस कार्यक्रम मा ilestone school , lagankhel र mrigashira world school bhotebahala beyond apogee is a आयोजना गर्न सहयोग गर्नु भएको थियो । आजको यस कार्यक्रममा प्रमुख अतिथिका रुपमा भूतपूर्व शिक्षा मन्त्रि देवी प्रसाद ओझाको उपस्थिति रहेको थियो। त्यसै गरि

नेकपा एमालेका अध्यक्ष ओलीको नाम सर्वसम्मतले झापा-५ मा सिफारिस

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झाप-५ का एमाले इन्चार्ज होम थापाले बताए ।ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र

स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने:राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताएका छन् । स्थानीय सरकारलाई जति अधिकार दियो त्यति देशको प्रगति उति नै हुने उनले बताए । राष्ट्रिय सभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिले सोमवार हेटौँडामा आयोजनामा गरेको ‘संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उनले

प्रदेश १ का मुख्यमन्त्री राईले भोजपुरबाटै चुनाव लड्ने चाहना रहेको बताए

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ४ मंसिरमा हुने निर्वाचनमा भोजपुरबाटै चुनाव लड्ने आफ्नो चाहना रहेको बताएका छन् । उनलाई नेकपा एकीकृत समाजवादीले भोजपुर र सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको छ । तर आइतबार विहान फेसबुकमार्फत हुने आफ्नो चाहना भोजपुरबाटै उम्मेदवार हुने रहेको बताएका हुन् । भोजपुर मेरो जन्म,

नेपाली सेनालाई सैन्य सामग्री हस्तान्तरण गरे

काठमाडौं। भारतीय सेनाले नेपाली सेनालाई सैन्य सामग्री हस्तान्तरण गरेको छ। सोमबार टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहबीच भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। पाँच दिने भ्रमणका लागि पाण्डे आइतबार नेपाल आएका हुन्। उनले आजै प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका छन्। पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकदिउँसो १ बजे बस्दै

विराटनगर । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दैछ। बैठक सोमबार दिउँसो १ बजेका लागि डाकिएको छ। आइतबार पनि सत्ता गठबन्धन र कार्यदलको बैठक बसेको थियो। तर सहमति जुट्न सकेन। सिट बाँडफाँटलाई टुंगोमा पर्‍याउने गरी आज बैठक बस्न लागेको हो। कार्यदलमा सहमति जुटे प्रतिवेदन शीर्ष नेतालाई पेश गरिनेछ। त्यसपछि शीर्ष नेताहरुले अन्तिम निर्णय लिनेछन्। मंसिर

मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको ८४ को आज (सोमबार) बिहान १० : २५ मा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि धनकुमारीको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन कक्षमा उपचारका क्रममा उपचार भइरहेको थियो । धनकुमारीको बिहान उपचारकै क्रममा मृत्यु भएको मुख्यमन्त्री राईको सचिवालयले