बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

भक्तपुर। भक्तपुरमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटमा नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई हालः काठमाडौं बौद्ध बस्ने वर्ष ३५ को रामबहादुर सुनारलाई पक्राउ गरेको हो। नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई हाल सूर्यविनायक नगरपालिका-२ बालकोटमा डेरामा आफ्ना अभिभावकसँग बस्दै आएकी वर्ष ११ की बालिकालाई निजकै डेराकोठामा

मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज मंगलबार प्रकाशन गर्ने कार्यक्रम रहेको छ। यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी कार्यक्रम तोकिएको छ। निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते दर्ता भएको

चितवनमा उमेद्वारीमा परिवर्तन अधिकांश नयाँ अनुहार

चितवन। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे तेस्रोपटक चितवनको क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका छन्। पूर्व अर्थमन्त्री पाण्डे दुईपटक निर्वाचित भइसकेका हुन्। उनी २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए। त्यसपछि उनी अर्थमन्त्री बने। पाण्डे २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रसँगको तालमेलमा निर्वाचित भएका थिए। उनीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएकाहरू भने नयाँ अनुहार हुन्। पाण्डेसँग राष्ट्रिय योजना

करेन्ट लागेर दुई मजदुरको मृत्यु

वीरगन्ज। वीरगन्जमा करेन्ट लागेर दुई मजदुरको मृत्यु भएको छ। पर्साको धोबिनी गाँउपालिका- ३ हरिहरपुरका ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगन्ज महानगरपालिका- ९ रानीघाटका ६० वर्षीय ध्रुब प्रसाद साहको करेन्ट लागेर मृत्यु भएको हो। वीरगन्ज-२६ मा स्थानीय रामकिशोर प्रसाद कुर्मीको घरको दोस्रो तल्लाको छत प्लाष्टर गर्ने क्रममा छेउकै विद्युतको पोलको तारमा छोइएर करेन्ट लाग्दा अन्सारीको मृत्यु

वालिङमा सर्पले डसेर एक जनाको मृत्यु

स्याङ्जा। वालिङमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका ८ बोगटीडाँडाका ४२ वर्षीय तीलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पतालमा मृत्यु भएको हो । सर्पले डसेपछि अस्पताल ल्याएका उनलाई रिफर गरिएको र थप उपचारका लागि लैजाने तयारी हुँदै गर्दा बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए। सर्प करेत प्रजातिसँग मिल्दोजुल्दो

हत्याको आरोपमा ३ जना पक्राउ

झापाको अर्जुनधारा नगरपालिका-११ स्थित बसपार्क एरियामा बस्दै आएका सिदिम्बा-४ सुरुमखिम ताप्लेजुङका २५ बर्षीय नबिन्द्र गुरुङको हत्यामा संलग्न रहेको आरोपमा महिला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-११ स्थित बसपार्कमा रहेको ताप्लेजुङ इलाम होटलका संचालक ३८ बर्षीय इन्द्र बहादुर अधिकारी, सोही होटलका स्टाफ फिदिम नगरपालिका-१२ का २१ बर्षीय अमृत आचार्य र

मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जना पक्राउ

ताप्लेजुङको फुङलिङ नगरपालिका-५ बिरेन्द्र चोकमा रहेको अम्वर श्रेष्ठले संचालन गरेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका-२ का २९ बर्षीय राजन पर्तेल, शिवसताक्षी नगरपालिका-१ झापाका २६ बर्षीय चुन बहादुर सुनार, अर्जुनधारा-१० झापाका २५ बर्षीय मणिराज पर्तेल र सिदिङवा गाउँपालिका ५ ताप्लेजुङ घर भई

देशमा आन्तरिक र बाह्य स्वार्थहरूबाट गठित गठबन्धन सरकारअबको निर्वाचनमा पछारिन्छ : ओली

झापा। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्तरिक र बाह्य स्वार्थहरूबाट गठित गठबन्धन सरकार यस निर्वाचनमा पछारिने बताएका छन्। झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएपश्चात् दमकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन्। २०७४ सालको निर्वाचनपछि एमालेको नेतृत्वमा एउटा देशभक्त सरकार बनेको थियो। एमाले सरकारमा हुँदा

राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन्। डेंगुको लक्ष्ण देखिएपछि उनी आज विहान ११ बजे महाराजगञ्जस्ति शिक्षण अस्पतालमा भर्ना भएकी हुन्। शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार राष्ट्रपति भण्डारीलाई एनेक्स २ को बेड ६०१ मा भर्ना गरिएको छ। उपचार संलग्न डा. निरज बमले राष्ट्रपति भण्डारीलाई डेंगुको लक्ष्ण देखिएको बताए। ‘तीन चार दिनदेखि ज्वरो

लोहन्द्र खोलामा ट्याक्टरको ईन्जिनले किचेर चालकको मृत्यु

विराटनगर। मोरङको कटहरी गाउँपालिका-७ लोहन्द्र खोलामा ट्याक्टरको ईन्जिनले किचेर चालकको मृत्यु भएको छ । शनिवार दिउँसो को १ त १२३४ नम्बरको ट्र्याक्टरमा बालुवा लिई फर्कने क्रममा ईन्जिनको भाग माथी तर्फ ऊठेर चालकलाई किच्दा घाईते भएका चालक स्थानीय ३२ बर्षीय बरुण सरदारको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।