आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास:गृहमन्त्री खाण

बुटवल। गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। उनले भने, ‘कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ ।’ बुटवलमा बुधबार आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेकाले आगामी निर्वाचन पनि सबैका

अफगानिस्तानको काबुलस्थित शक्तिशाली विस्फोट

काबुल। अफगानिस्तानको काबुलस्थित प्रहरी जिल्ला नं ५ मा बुधबार बिहान शक्तिशाली विस्फोट भएको छ। सो विस्फोटमा परी ठूलो जनधनको क्षतिको आशङ्का गरिएको बताइएको छ। विस्फोट निकै शक्तिशाली भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन्। उनीहरुका अनुसार सो विस्फोटबाट कैयौँ मानिसको ज्यान गएको हुनसक्छ। उनीहरुका अनुसार स्थानीय समयानुसार बिहान ८ बजेर १० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय ५ स्थित

दक्षिण कोरियाको सेना र उत्तर कोरियाले एकपछि अर्को गरी कम्तीमा दश मिसाइल प्रहार

उत्तर कोरिया। दक्षिण कोरियाको सेनाले बुधबार बिहान उत्तर कोरियाले एकपछि अर्को गरी कम्तीमा दश मिसाइल प्रहार गरेको जनाएको छ । यी मध्ये एउटा ब्यालेस्टिक मिसाइल पहिलो पटक दक्षिण कोरियाको सामुद्रिक सीमामा खसेको छ । यसपछि टापुमा हवाई हमलाको चेतावनी जारी गरिएको थियो। दक्षिण कोरियाले उत्तर कोरियाको क्षेप्यास्त्र दक्षिण कोरियाको जलक्षेत्र नजिक खसेको यो पहिलो पटक

तार व्यवस्थापन गर्न ४५ दिनेको समयसीमा

विराटनगर। नेपाल विद्युत् प्राधिकरणले विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्टरनेट र टेलिफोनका तार तथा उपकरण व्यवस्थापन गर्न ४५ दिनको समयसीमा दिएको छ। तार तथा उपकरणलाई सेवा प्रदायकले व्यवस्थित गरी प्राधिकरणको सम्बन्धित वितरण केन्द्रलाई जानकारी गराउनु पर्नेछ। प्राधिकरणले मंगलबार सूचना जारी गर्दै दूरसञ्चार, केवल टीभी तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै

बिजुलीको हाइटेन्सन लाइनबाट करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर। बिजुलीको हाइटेन्सन लाइनबाट करेन्ट लागेर मोरङको बूढीगंगा गाउँपालिका–२ मा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बाँस काट्ने क्रममा करेन्ट लाग्दा विराटनगर महानगरपालिका–६ का ३० वर्षीय राम मण्डलको मृत्यु भएको हो । बूढीगंगा–२ मा घर निर्माणका लागि बाँस काट्ने क्रममा मण्डललाई करेन्ट लागेको थियो । काटेको

कोइरालाको जित सुनश्चित देखिए पनि कार्यकता खुलेर अगाडी नआउदा मेहतालाई चुनौती

विराटनगर। मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा को निर्वाचनमा आफ्नो पक्षको उमेदवारलाई बिजय गराउनको लागि राजनितिक दलहरु लागी परेका छन। अहिले सुनसरी जिल्लाको निर्वाचन क्षेत्र २ तर्फ सबैको ध्यान केन्द्रित हुन थालेको छ। यस क्षेत्रमा सता गठबन्धनको तर्फ बाट प्रतिनिधि सभा उमेदवारमा सिताराम मेहता प्रदेश सभा २ “क” तर्फ द्वारिक लाल चौधरी

अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डमा नेपाली आकाशको सुरक्षा अंक बढिरहेकाले उडानका लागि नेपाल सुरक्षित

काठमाडौं। वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाली आकाश सुरक्षित रहेको बताएका छन्। क्यानिडियन एभिएशन मिसन टु नेपाल कार्यक्रममा बोल्दै अध्यक्ष थापाले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डमा नेपाली आकाशको सुरक्षा अंक बढिरहेकाले उडानका लागि नेपाल सुरक्षित रहेको बताएका हुन्। ‘नेपाली आकाश सुरक्षित छ। यसकारण नेपाल आउनका लागि म यहाँबाट नै अन्तर्राष्ट्रिय जगतलाई अपिल गर्छु’, उनले

सुनसरीको लागुऔषध सहित १ जना पक्राउ

विराटनगर। सुनसरीको धरान उप-महानगरपालिका-११ स्थितबाट प्रहरीले लागुऔषध सहित १ जना पक्राउ गरेको छ । हिजो राती साढे ७ बजे बिशेष सुचनाको आधारमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-११ का ४६ बर्षीय बिरु भुजेललाई स्पासपेन १७१६ ट्याबलेट, ट्रामोल २७७५ क्याप्सुल, स्पास्मो प्रोक्सिभन प्लस ६७५ क्याप्सुल, नाईट्रोसन

थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

विराटनगर। थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ६३४ नमूना परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६१९ र एन्टिजेनबाट १५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २९ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप २३ जना कोरोनामुक्त भएका छन्। हाल

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। चन्द्रागिरी नगरपालिका-८ मातातीर्थ बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित गेष्ट हाउसमा लगी विभिन्न मितिमा पटक-पटक करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई मातातीर्थस्थित बौथली चोकबाट