दुर्घटनाको शोकमा यती एयरलाइन्सका सोमबार निर्धारित सबै उडान रद्द

काठमाडौं । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ । एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ । कमपनीको ९एन एएनसी एटीसआर ७२-५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि

१ नम्वर प्रदेश प्रहरी श्रीमती संघद्वारा दिवा खाजा बितरण

विराटनगर। सुनसरीको पानवारी धरान स्थितमा रहेको आसरा सुधार केन्द्रमा १ नम्वर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा दिवा खाजा बितरण गरिएको छ । “सेवा नै धर्म हो” भन्ने भावनाका साथ आज दिउसो भएको कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष एवं आसरा सुधार केन्द्रको संरक्षक श्रीमती कल्पना गिरी, महासचिव श्रीमती अजिता देवकोटा बास्तोला तथा श्रीमती संघका पदाधिकारीहरुद्वारा

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित

काठमाडौ। राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित भएको छ। भोलि सोमबार आयोजना गरिएको राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित भएको हो। २५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित भएको गृह मन्त्रालयले जनाएको छ।

जहाज दुर्घटना : शव सबै सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने

विराटनगर। पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाको शव सबै सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने भएको छ । मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र सबै सङ्कलन भएपछि मात्रै पहिचान थालिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरत खत्रीले जानकारी दिए। दुर्घटनाग्रस्त जहाजमा यात्रारतमध्ये हालसम्म ६० जनाको शव सेती खोँचबाट निकालिएको छ

विमान दुर्घटनामा ६८ जनाको शव फेला परे

विराटनगर। पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा ६८ जनाको शव फेला परेको छ। अझैं ४ जनाको अवस्‍था अज्ञात छ। उद्दार कार्य जारी छ। दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको काश्की प्रहरीले जनाएको छ। यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा चार चालकदलसहित ७२ जना सवार थिए। ६८ जना यात्रुमा ५३ जना नेपाली र १५ जना विदेशी नागरिक

सुन आयतमा कडाई गरेको कारण पाँच हजार भन्दा बढी रोजगार विहिन

विराटनगर। नेपाल सरकारले सुन र सुनको गहनाहरूलाई बिलासिताको बस्तुको रूपमा व्याख्या गर्दै सुन आयतमा कडाई गरेको कारणले गर्दा सुन आयात हुन् सकेको छैन। करिब दुई महिना देखि मोरङका सुन व्यवसायीहरूले बैधानिक रूपमा सुन आयात गरेका छैन। नेपाल सरकार ले दैनिक १० किलोग्राम सुन आयात गर्नको लागि अनुमति दिएको छ। सोही आधारमा विभिन्न बैङ्कहरूले सुन आयात

भन्सार छलिका सामान बरामद

विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरू समेतमा मोरङ जिल्लाका विभिन्न स्थानमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याएको खाध्यान्न, हुक्कामा हाल्ने फ्लेवर, मोवाईल, मोजा, जर्सी गाई, हाँस र माछा लगायतका सामान गरी अन्दाजी मुल्य रू. ९,३१०००।- (नौलाख एकतिसहजार) बराबरको सामान बरामद गरी आवश्यक कारवाहिको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको ।

मेनपावर एजेन्ट विजय मेहता विरुद्ध जिल्ला प्रशासन कार्यालयमा सामुहिक निवेदन

देवानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिकाका युवाहरु मेनपावर एजेन्ट विजय मेहता विरुद्ध जिल्ला प्रशासन कार्यालयमा सामुहिक निवेदन दिएका छन्। इनरुवा नगरपालिका वडा नम्बर ९ बबियाका निवासी मेनपावर एजेन्ट विजय मेहताले वैदशिक रोजगारका नाममा ठगीमा परेपछि मेहता विरुद्ध सामुहिक निवेदन दिएका हुन् । मेहता हाल काठमाडौँमा बसोवास गरि रहेका छन्। मेहताले देवानगञ्ज गाउँपालिका (साबिक राजगंज सिनुवारी र मध्यहर्षाही)का

विराटनगरमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाए

विराटनगर। नेपाल सरकार ले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिने घोषणा गर्दे सार्वजनिक विदा दिएकोमा नेपाल सरकार राजसंस्था प्रति उदार भएको महसुस गरेका छन्। नेपाल विद्वत् परिषद मोरङ ले विराटनगरमा आयोजना गरेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बोल्नु हुने अधिकांस वक्ताहरूले आशय व्यक्त गर्नुभयो। उक्त अवसरमा परिषद का केन्द्रीय अध्यक्ष

आफूले गरेको प्रतिवद्धता पूरा गर्ने जिम्मेवारी प्राप्त:प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले गरेको प्रतिवद्धता पूरा गर्ने जिम्मेवारी प्राप्त भएको बताएका छन्। संसदबाट प्रधानमन्त्रीमा विश्वासको मत प्राप्त गरेपछि बाहिरिनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले संसदले दिएको जिम्मेवारीले गर्व महशुस भएको बताए। उनले यो ठूलो चुनौती रहेको पनि उनले बताए। प्रचण्डले भने, ‘विश्वासको मतमार्फत मैले जे समर्थन पाएँ त्यसले मलाई गौरव महशु भएको छ।