मेडिकल सर्जिकल सामाग्री बरामद

मिति २०७९।११।०४ गते अन्दाजी ६:३० बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-५ कोचाखाल स्थित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को १ ह १३२५ नं. को सिटीमा भारतबाट नेपाल तर्फ अवैध रुपमा अन्दाजी रू. १,५०,०००-/ (एक लाख पचास हजार) बराबरको गरी  सिटि र सिटि चालक जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-१२

खोलामा डुबेर १ जनाको मृत्यु

विराटनगर। झापाको मेचिनगर नगरपालिका-११ स्थित हडिया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ३ बजे मेचिनगर-११ सृजना टोलका ४३ बर्षीय लाल बहादुर श्रेष्ठ खोलामा डुबि मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षकको टोली खटिगई आवश्यक कानुनि प्रकृया पश्चात लास पोष्टमार्टमको लागि प्रादेशीक अस्पताल भद्रपुर पठाईएको छ

ट्रयाक्टरबाट लडेर सहचालको मृत्यु

विराटनगर। मोरङको लेटाङ नगरपालिका-३ भित्री सडक खण्डमा ट्रयाक्टरबाट लडेर सहचालकको मृत्यु भएको छ । बुधबार दिउँसो ३ बजे को.२ त ३०९९ नम्बरको ट्रयाक्टरबाट अचानक लडी घाईते भएका ट्रयाक्टरका सह-चालक सोही स्थानका मिलन राईलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा अस्पतालमा पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेको हो । घटनामा संलग्न ट्रयाक्टर र चालक लेटाङ-३ का

जनता नमुना माध्यमिकको अध्यक्षमा शाह र सामुदायिक प्रहरीको कोषाध्यक्षमा बाहेती चयन

विराटनगर, जनता नमुना माध्यमिक विद्यालय विराटनगर-२ को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मनोज विक्रम शाह चयन भएका छन्। शाह चार दिनअघि उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन्। सामाजिक कार्यमा सक्रिय शाहलाई बुधबार संघ-संस्थाले स्वागत गरे। यसक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीले बुधबार स्वागत तथा कार्यकालको सफलताको शुभकामनासहित उनलाई बधाइ ज्ञापन गरेको थियो। सो क्रममा

सामुदायिक सेवा केन्द्र तीनपैनीले यूवा उद्यमी एवम समाजसेवी मनोज विक्रम शाहलाई सम्मान गरे

विराटनगर,सामुदायिकले बुधबार एक कार्यक्रमको आयोजनागर्दै जनता नमुना माध्यमिक विद्यालयको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित शाहलाई सम्मान गरेको हो । सामुदायिक सेवा केन्द्र तीनपैनीकी अध्यक्ष मिना जोशी सहितका पदाधिकारीले शाहलाई खादा,फुलमाला तथा अबिर सहित सम्मान गर्नुभयो । यूवा उद्यमी तथा समाजसेवीका रुपमा स्थापित शाह केहि दिन अघि विराटनगरकै पुरानो र प्रतिष्ठित जनता नमुना माविको ब्यवस्थापन समितिको

हाम्रो समाजको सामाजिक कार्य अग्रपंतिमा

विराटनगर। हाम्रो समाजले सडकलाई इवनिङ्ग जक्सन (Evening Juction )बनाउने भएको छ। विराटनगर वडा नम्बर ९ मा रहेको कलेज सडकलाई इवनिङ्ग जक्सन (Evening Juction )बनाउने भएको हो। विराटनगर महानगर पालिकाको सहयोगमा हाम्रो समाजले उदाहरनिय कामको सुरवात गरेको छ। बिगत ३ वर्ष देखि आफ्नो टोल आफै बनाउ नाराको साथ उदाहरनिय काम गर्दै आएको हाम्रो समाजका समुहले कलेज

संसद भवन अगाडि प्रदर्शन गर्ने पाँच जना महिला पक्राउ

काठमाडौं। नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने पाँच जना महिला पक्राउ परेका छन्। निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै बुधबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले पुष्टि गरे। पक्राउ पर्नेमा आरती गिरी, बिनु यादव, कृतिका यादव, कृष्ण कठायत र सरिना फुयाल रहेका छन्। उनीहरुले संसद भवन अगाडि टायर बालेर प्रदर्शन गर्न

सेयर कारोबार निरन्तर ओरालो लागे

काठमाडौं। सेयर कारोबार निरन्तर ओरालो लागेको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि गिरावट आएको नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। आइतबार नेप्से परिसूचक ६० अंक र मंगलबार १६.६० अंकले घटेको थियो। सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। नेप्से ओरालो लागेसँगै कारोबार रकम मंगलबारको तुलनामा घटेको छ। यसदिन २५६ कम्पनीको ४८ लाख १५ हजार १२०

ब्राउन सुगर सहित १ जना पक्राउ

मोरङको सुन्दरहरैचा नगरपालिका- १० खोर्साने चोक स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार अपरान्ह साढे ४ बजे खोर्साने चोक स्थितमा फास्टफुट संचालन गरी बस्दै आएका २८ बर्षीय सुरज थापा मगरले लागुऔषध सेवन तथा बिक्रिबितरण गर्दै आईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले

श्रोत नखुलेको रकम सहित पक्राउ

मोरङको बिरानगर महानगरपालिका-१५ स्थितबाट श्रोत नखुलेको रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका-१ मोरङका ३२ बर्षीय उदियानन्द सरबरीया रहेका छन । हिजो बेलुका इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका सरबरीयालाई संका लागि चेक जाँचको क्रममा श्रोत नखुलेको ३ लाख ५६