ताइवानमा ६.८ म्याग्निच्युडको भूकम्प

ताइवान। ताइवानको दक्षिणपूर्वी क्षेत्रमा आइतबार ६.८ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पपश्चात् त्यहाँ सुनामीको चेतावनी पनि जारी गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणको मापनले भने सो भूकम्प ७.२ म्याग्निच्युड भएको जनाएको छ। भूकम्पको केन्द्रविन्दु पृथ्वीबाट १० किलोमिटर तल भएको बताइएको छ। ताइवानी मिडियाले एक भवन भत्किएको जनाएको छ। पूर्वी तटमा रेल पटरीबाट खसेको बताइएको छ। सो घटनामा

राष्ट्रपति भण्डारीले चाडपर्वहरुले राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत पुग्ने

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्वहरुले राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत पुग्ने बताएका छन्। जितिया पर्वका अवसरमा शुभकामना दिँदै राष्ट्रपतिले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले जितिया पर्वजस्ता मौलिक चाडपर्वको माध्यमबाट भूगोल, जाति, भाषा र संस्कृतिका हिसाबले विविधतायुक्त नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै

प्रतिनिधि तथा प्रदेश सभाको पाँच वर्षे कार्यकाल समाप्त भएसँगै नेपाल नयाँ निर्वाचन प्रक्रियामा गए

काठमाडौं। प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन प्रक्रिया सुरु भएको छ। मंसिर ४ गते तय भएको निर्वाचनका लागि गएरातिबाट प्रतिनिधि तथा प्रदेश सभाको पाँच वर्षे कार्यकाल समाप्त भएसँगै नेपाल नयाँ निर्वाचन प्रक्रियामा गएको हो। निर्वाचन आयोगका अनुसार आइतबार र सोमबार राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका छ। नेपालले मिश्रित निर्वाचन प्रणाली

जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत)

विराटनगर। हिन्दु धर्मावलम्बी मधेशी तथा थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ। सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ। यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन्। पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपवास’

सामुदायिक विद्यालय सुधारमा शिक्षक, सरोकारवाला निकायका साथै अभिभावकको महत्त्वपूर्ण भूमिका

विराटनगर। बर्जु गाउँपालिकाका सामुदायिक विद्यालय सुधारमा शिक्षक, सरोकारवाला निकायका साथै अभिभावकको पनि महत्त्वपूर्ण भूमिका हुने सरोकारवालाहरूले जनाएका छन्। शुक्रबार विराटनगर–४ बरगाछीस्थित मनास्लु होटलमा आयोजित ‘सामुदायिक विद्यालय सुधार र रूपान्तरणमा सरोकारवालाको भूमिका’ विषयक गोष्ठीमा सरोकारवाहरूले यस्तो बताएका हुन्। सुनसरीको बर्जु गाउँपालिकाले आयोजना गरेको गोष्ठीमा बोल्दै कार्यक्रमका सहजकर्तासमेत रहेका पोखरिया माविका प्रधानाध्यापक खेमराज भट्टराईले अभिभावकको सहयोग विद्यालय

आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै

विराटनगर। असोज संक्रान्तिको अवसरमा शनिबारका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद

कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ। थापालाई उच्च ज्वरो आएको छ। कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार अहिले थापा घरमै आराम गरिरहेका छन्। ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि थापाले स्वास्थ्य परीक्षण गराएका थिए।

राजनीतिक दलहरुले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गतेबाट खारेज हुने

काठमाडौं। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि २०७४ सालमा राजनीतिक दलहरुले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गतेबाट खारेज हुने भएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले आज विज्ञप्ति जारी गर्दै अघिल्लो निर्वाचनको बन्दसूची खारेज गर्ने निर्णय भएको जानकारी गराएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘२०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य

लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर। मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट १ जना र झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट २ जनालाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । बिहिबार बेलुका लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा को.३५ प २२६६ नम्बरको मोटरसाईकल चालक इटहरी-४ सुनसरीका २२ बर्षीय बिशाल भुजेलको साथबाट १ ग्राम ४८ मिलि ग्राम ब्राउन

नेसनल एकेडेमी (RBB) कलेजले ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरे

विराटनगर । विराटनगर १० मा रहेको नेसनल एकेडेमी (RBB) कलेजले ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ। कलेजले विहिबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई स्वागत गरेको हो । कार्याक्रममा विद्यार्थीहरुलाई नेसनल एकेडेमी कलेजका प्रधानाध्यापक सकलदेव साह ,सतिता साह र कक्षा १२ का विद्यार्थीले खादा टिका लगाई स्वागत गरेको थियो। कार्यक्रममा डा.राजनारायण यादवले विद्यार्थी असफल