चितवन राष्ट्रिय निकुञ्जमा चार महिनामा ४९ वन्यजन्तुको मृत्यु

चितव। चितवन राष्ट्रिय निकुञ्जमा चार महिनामा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि यता चितवन राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एकसिङ्गे गैँडा मेरका छन् । एउटा गैँडाको प्राकृतिक (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट आदि) कारणबाट र

निर्वाचन बिथोल्न विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा देशभरबाट ११५ जना पक्राउ

काठमाडौ। निर्वाचन बिथोल्न सक्रिय समूहप्रति प्रहरीले निगरानी बढाएको छ। मंसिर ४ मा हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षाका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको हो। निर्वाचनलाई भयरहित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षाका सबै निकाय परिचालन गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘चुनाव विरोधी गतिविधि गर्ने व्यक्ति हुन् या समूह सबैलाई

मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक विदा

काठमाडौं। सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयले मंगलबार सूचना सार्वजनिक गर्दै आगामी मङ्सिर ४ र ५ गते सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ । मतदानस्थल रहेका शिक्षण संस्था तथा विद्यालयहरु भने मंसिर २ गतेदेखि ५

पानी ट्याङ्करमा मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर । भक्तपुर सल्लाघारीमा पानी ट्याङ्करमा मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बागमती प्रदेश०२–०३१प ७८६२ नंको मोटरसाइकल बा४ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। मोटरसाइकलमा सवार

बालकुमारीमा आमाछोरीको विभत्स हत्या

नुवाकोट। नुवाकोटको पुर्वी भेगमा रहेको बालकुमारीमा आमाछोरीको विभत्स हत्या भएको छ। हत्या गर्ने युवक फरार छन्। जिल्लाको दुप्चेस्वर गाउँपालिका-५ बालकुमारीको भंगेरिमा सोमबार बेलुकी खुकुरी प्रहार गरी आमा छोरीको विभत्स रूपमा हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। स्थानीय २० वर्षीया सम्झना खतिवडा र उनकी चार वर्षिया छोरी कृष्टिना खतिवडाको धारिलो हतियार प्रहार गरी हत्या

प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ

झापाको बुद्धशान्ति गाउँपालिका-३ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-१ झापा घर भई बुद्धशान्ति-३ मा बस्दै आएका ३१ बर्षीय मोहमद हुसेन रहेका छन । हिजो राती ९ बजे लागुऔषध नियन्त्रण व्युरो काकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हुसेनको साथबाट १०२ ग्राम

पाटादेवल केन्द्रबिन्दु बनाइ ५.४ म्याग्निच्युडको भूकम्प जाँदा डोटीमा फेरि त्रास

डोटी। बझाङको खप्तड छान्ना गाउँपालिकाको पाटादेवल केन्द्रबिन्दु बनाइ ५.४ म्याग्निच्युडको भूकम्प जाँदा डोटीमा फेरि त्रास फैलिएको छ। यहाँका स्थानीयहरू घर बाहिर बसिरहेका छन्। गत मंगलबार राति गएको भूकम्पका कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका गैरागाउँमा अहिले गएको भूकम्पले फेरि दुईवटा घर भत्किएको बताइएको छ। अहिलेको भूकम्पका कारण सायल गाउँपालिकामा दुईवटा, पूर्विचौकी गाउँपालिकाको पोखरीमा समेत

भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा राति मोटरसाइकल चालकको मृत्यु

विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा शनिबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३१ प ७२६६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बी आर ३८ एन २२०२ नम्बरको कारले राति ९ : २० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी

मोरङ ३ भानुभक्त ढकालमाथि आरोप नै आरोप, कम्युनिस्टको लाल किल्ला डगमगाउने संकेत

मोरङ । निर्वाचनको समयमा नेतृत्वमा रहेका व्यक्तिहरूलाई अलिअलि आरोप लाग्नु सामान्य हो । तर मोरङ ३ मा एमालेका उम्मेदवार तथा पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भने  हरेक ठाउँमा एउटै आरोप लाग्ने गरेको छ । त्यो आरोप हो ‘ढकाल भ्रष्टाचारी हो’ । ढकाल माथि लाग्ने गरेको उक्त आरोपका कारण उनको छवि विवादित बनेको छ । त्यति

निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने: प्रमुख निर्वाचन आयुक्त थपलिया

विराटनगर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् । चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि भरतपुरमा आयोजित तालिमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर