राजस्थान। राजस्थानको जोधपुरमा बिहीबार एक घरमा बिहेको क्रममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । यस आगलागीमा हालसम्म प्राप्त जानकारी अनुसार ५५ जना घाइते भएका बीबीसी समाचारमा उल्लेख छ। जोधपुरको शेरगढ थाना क्षेत्रमा बिहीबार साँझ चारवटा सिलिन्डर विस्फोट हुँदा ठूलो दुर्घटना भएको हो। जलेर हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । घाइते ५५ जजनाको
काठमाडौं। माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को निष्कासन तथा बिक्री खुला गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड
विराटनगर । नेपाली सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला छ सयले बढेर एक लाख तीन सय पुगेको छ । बिहीबार प्रतितोला ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय छ । यसको मूल्य
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् आयोजना भारतले बनाउने पक्कापक्की भइसकेको बताएका छन्। कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सवको बिहीबार धनगढीमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले जलविद्युत् आयोजना निर्माणका लागि भारतीय भरपर्दो कम्पनीले लाइसेन्स लिएकाले बन्ने जिकिर गरे। उनले भने, ‘सुदूरपश्चिमको आर्थिक विकासका लागि पनि पश्चिम सेती आवश्यक थियो। भारतको कम्पनीले पश्चिम
काठमाडौं। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी शुक्रबारदेखि राजधानीमा वितरण गरिँदै छ। गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो। गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङ्मा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची
बैतडी। बैतडीको पाटन १० मा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राती १० बजे पाटन १० डैसीली भन्ने स्थानमा से १ ज ८१६ नं को जीप दुर्घटना भएको हो। दुर्घटनामा जीपका चालक डडेल्धुराका नवदुर्गा गाउँपालिका ५ उकल्लीका ३६ वर्षीय तेजबहादुर साउदको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
विराटनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले जनताको मनमस्तिष्कबाट पराजित नभएको बताउनुभयो। विराटनगरमा आज अपराह्न सञ्चारकर्मीहरूसँगको भेटमा निर्वाचनमा जित र हार स्वाभाविक हो, मैले सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्राविधिकरूपमा पराजित भए पनि जनताको मनमस्तिष्कबाट पराजित भएको छैन। नेतृत्व हस्तान्तरण एवं परिवर्तन प्राकृतिक कुरा हो भन्दै नेता गच्छदारले जनताले आफूलाई न्याय गरेको टिप्पणी
विराटनगर। किराँत धर्मावलम्बीको प्रकृति पुजकका रूपमा रहेका दोस्रो ठुलो चाड उधौली पर्व विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाएका छन्। विराटनगरका किराँत धर्मावलम्बीहरूले न्वागी पूजासहित विभिन्न सांस्कृतिक नृत्य लगायतका कार्यक्रम गरि उधौली पर्व मनाएका हुन्। बिहीबार विराटनगर वडा नम्बर ११ स्थित साकेला थानमा र वडा नम्बर १५ स्थित माङखिम मन्दिरमा पूजापाठ सहितका विविध कार्यक्रम गर्दै किराँत
बार्सिलोना। मोरक्कोबाट टर्की उडेको विमान गत बुधबार स्पेनमा आकस्मिक अवतरण गर्नुपर्यो। एक गर्भवती महिलाले प्रसव पीडा भएको बताएपछि इस्तानबुलका लागि उडेको विमान बार्सिलोनामा आकस्मिक अवतरण गरेको थियो। अवतरणलगत्तै विमानमा सवार २२८ यात्रीमध्ये २८ जना भागेको समाचार एजेन्सी एएफपीले जनाएको छ। प्रहरीको अनुसन्धानबाट ती गर्भवती महिला प्रसव पीडामा नरहेको खुलेको छ। योजनाअनुसार नै ती महिलाले स्पेनमा
काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सांसदमा नाम छनौटका विषयमा विवाद देखिएको छ । समानुपातिक पद्धतिमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै उम्मेदवार र पार्टीका नेताहरुले असन्तुष्टि जनाएका हुन् । सो पार्टीले प्राइमरी इलेक्सनमा धेरै मत ल्याएकाहरूको क्रम मिलाएर बन्द सूची पेश गरेको थियो । प्राइमरी इलेक्सनबाट समानुपातिक पद्धतिका उम्मेदवारको बन्दसूची तय गरिएपनि सो प्रकृया