अविरल वर्षाको कारण सुकुम्वासी बस्ती डुबान

भक्तपुर। मंगलबार राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ । मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको रातिदेखि नै उद्धारमा खटिनुभएका बागमती प्रदेश खेलकुद विकास परिषद्का

नेपालमा कोरोना भाइरस संक्रमित संगै मृत्यु हुनेको संख्या तिब्र गति

बिराटनगर।नेपालमा कोरोना भाइरस संक्रमित संगै मृत्यु हुनेको संख्या तिब्र गति बढ्दै गएको छ। पछिलो २४ घण्टामा थप एक हजार ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने थप दुइ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घन्टामा देशभरबाट ६३०० नमूना परीक्षण गर्दा एक हजार ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

राष्ट्रपति निवास ह्वाइट हाउसमा चट्याङ पर्दा तीन जनाको मृत्यु

बिराटनगर। अमेरिकाका राष्ट्रपति निवास ह्वाइट हाउसमा चट्याङ पर्दा तीन जनाको मृत्यु भयो। गत बिहीबार चट्याङ पर्दा उनीहरु ह्वाइट हाउसस्थित पार्कमा रमाइरहेका थिए। समाचार एजेन्सी रोयटर्सका अनुसार मृत्यु हुनेमा ७६ वर्षीय जेम्स म्युलर र उनी ७५ वर्षीया श्रीमती डोना म्युलर रहेका छन्। विकान्सिनका बासिन्दा उनीहरु ५६औं वैवाहिक वर्षगाँठ मनाउन ह्वाइट हाउस आएका थिए। लफायत पार्कमा रमाएरहेका

आगामी निर्वाचनको लागि गठबन्धन गर्ने :सांसद महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी हुने वा नहुन भन्ने बारेमा चाँडै टुंगो लाग्ने बताएका छन् । मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारमा सहभागी हुने र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने बारेमा छलफल भइरहेको बताए । हामी चुनावको तयारीमा लागिसकेका छौं । गठबन्धनको सवाल पनि उठिरहेको छ ।

बर्जस्ती करणीको आरोपमा एक जना पाराउ

काठमाडौं । जबर्जस्ती करणीको आरोपमा प्रहरीले संखुवासभाको चैनपुर नगरपालिकामा एक जनालाई पाराउ गरेको छ । १९ वर्षीया युवती जबर्जस्ती करणी गरेको आरोपमा चैनपुर नगरपालिका-९ पिलुखोलाका २१ वर्षीय दीपक शेर्पालाई सोमबार पक्राउ परेका प्रहरीले जनाएको छ । मादी नगरपालिका-६ पुलुङस्थित सामुदायिक जंगलमा दीपकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि पुगेको अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाको

एमालेको दवावका कारण सरकारले निर्वाचनको मिति तोकिए :नेम्वाङ

बिराटनगर। नेकपा (एमाले) संसदीय दलका उपनेता सुबासचन्द्र नेम्वाङले एमालेको दवावका कारण सरकारले निर्वाचनको मिति तोकेको बताएका छन्।‘सरकारले निर्वाचनलाई पछि धकेल्ने षडयन्त्र गरिरहेको थियो,’ नेम्वाङले भने, ‘एमालेले निर्बाचन गराउन दवाव दिएपछि बाध्य भएर सरकारले निर्वाचनको मिति तोकेको हो। एमालेसँग चुनाब लड्न डराएर काँग्रेस–माओवादीले अपवित्र गठबन्धनको अभ्यास गरेको उनले बताए। प्रेस चौतारी पाँचथरले मंगलबार फिदिममा आयोजना गरेको

देशभर गठबन्धन बनाएर चुनावमा जाँदैनौं:प्रदीप ज्ञवाली

काठमाडौं। नेकपा एमाले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। अध्यक्ष केपी शर्माको हस्ताक्षरसहितको पत्र लिएर महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, राजन भट्टराईलगायतका नेताहरु दल दर्ताका लागि आयोग पुगेका थिए। । आयोगले निर्वाचनमा आगाामी निर्वाचनका लागि राजनीतिक दललाई साउन २२ देखि ३१ गतेसम्म

डिभिजन वन कार्यालय मुगुका ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुका वन अधिकृत भरतबहादुर बुढथापा, सव-इन्जिनियर र निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरुले गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। यस्तै, अख्तियारले साविक जिल्ला विकास समितिको कार्यालय, कालिकोटका

न्यू पाथीभरा बरफ फ्याक्ट्रीमा एक जना युवा मृत फेला परे

बिराटनगर। मोरङको बेलबारी नगरपालिका–३ स्थित न्यू पाथीभरा बरफ फ्याक्ट्रीमा मंगलबार बिहान एक जना युवा मृत फेला परेका छन्। खाना खाएर फ्याक्ट्रीका अन्य कामदारसँगै राति सुतेका अन्दाजी २७–२८ वर्षीय विशाल राई ओछ्यानमै मृत फेला परेका हुन्। राईको ठेगाना खुलेको छैन। मुखबाट रगत बगिरहेको अवस्थामा ओछ्यानमा शव भेटिएको डीएसपी श्रेष्ठले बताए। प्रहरीका अनुसार मृतक सानैमा बेलबारी–३ का

कन्टेनरभित्र एक जना पुरुषको शव फेला परे

विराटनगर। मोरङमा कन्टेनरभित्र मंगलबार बिहान एक जना पुरुषको शव फेला परेको छ। सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरस्थित सडकमा रोकेर राखिएको कन्टेनरभित्र पुरुषको शव फेला परेको हो। मृतकको पहिचान खुलेको छैन। ना ३ ख ४७४३ नम्बरको कन्टेनरभित्र अन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। भित्रबाट ढोक लक गरेको अवस्थामा कन्टेनरको अगाडिको सिटमा शव रहेको मोरङ