अन्तर्राष्ट्रिय भोजपुरी संगम विराटनगरमा हुने
मोरब,२५ कात्तिक ः भोजपुरी भाषा, रहनसहन, भेषभुषा, संस्कृति, खानपिन लगायतको
जानकारीका लागि अन्तर्राष्ट्रिय भोजपुरी संगम नेपाल –२०२४ विराटनगरमा आयोजना हुने
भएको छ ।
आभा फाउण्डेशन विराटनगर नेपाल र राष्ट्रिय कला सेवा संस्थान भारतद्वारा संयुक्त रुपमा
आगामी पुस ५ र ६ गते विराटनगरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत,
मरिसर,फिजि, वेलायत, अमेरिका ,श्रीलंका लगायतका १८ देशका कवि, कलाकार, फेसन
डिजाइनरहरुको सहभागिता रहने आज फाउण्डेशनद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी
गराइयो ।
दुई दिने उक्त सम्मेलनमा वहुभाषि कवि गोष्ठी,फेशन शो, खानपिन लगायत प्रदर्शन
गरिने भारतीय संस्थानका संजयकुमार पाण्डेले बताउनु भयो ।
कार्यक्रममा भारतीय भोजपुरी चलचित्रका कलाकारहरुको समेत सहभागिता रहने आभा
फाण्डेशनकी अध्यक्ष आभा अनुपमाले जानकारी दिनु भयो ।
संगमका अवसरमा भोजपुरी कलाकारहरुले गीत संगीत एवं नृत्य समेत प्रस्तुत गर्ने छन् ।(
(रासस) मनोज दाहाल÷९८४२०२००७७