इलामेली समाज मोरङद्वारा मन्त्री मगर सम्मान
मोरङ,१९ असोज ः कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर
मगरलाई आज यहाँ सम्मान गरिएको छ।
मन्त्री मगरलाई इलामेली समाज मोरबद्वारा आज यहाँ आयोजित वडा दशैं , नेपाल
सम्वत, छठ लगायतका पर्वहरुको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान एवं सम्मान र
पुस्तक विमोचन कार्यक्रममा सम्मान गरिएको हो ।
सो अवसरमा मन्त्री मगरले इलाम जिल्लाबाट अन्य क्षेत्रमा वसोवास गर्ने नागरिकहरुको
प्रदेशको विकास, आर्थिक चलायमान र पर्यटकीय क्षेत्रका स्थानका वारेमा प्रचार प्रसारमा महत्वूर्ण
योगदान पु¥याउनु आग्रह गर्नु भयो ।
उहाँले विभिन्न जातजाति, समुदाय वसोवास गर्ने इलामेली नागरिकहरु जहाँ गएपनि
मुलुकको समृद्धि , प्रगति र सामाजिक सद्भाव कायम दत्तचित्त भएर लाग्न गरेको विचार राख्नु भयो
।
कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थले इलाम जिल्लाका उत्पादनलाई यस क्षेत्रमा
वजारीकरण गर्न समाज लाग्नु पर्ने सुझाव दिनु भयो ।
समाजका अध्यक्ष दिनेशभक्त श्रेष्ठ, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा मोहन सुवेदी
,शिक्षा समन्वय इकाइका मोरबका प्रमुख टंक गौतम,प्रदेश मन्त्रालयका सचिव प्रदीप बाँन्तवा,
डा देवी पन्थी लगायतले सब्घीयता स्थापनाबाट नागरिकको जीवनस्तर वृद्धि भएकोले यस केही
क्षेत्रमा हुने आलोचना एवं नकारात्मक टिप्पणीलाई हटाउन समाजले योगदान पु¥याउनु
पर्ने विचार राख्नु भएका छन् ।
सोही अवसरमा मन्त्री मगरले विष्णुप्रसाद काफ्लेद्वारा लिखित ।।।अक्षितारा’ कविता पुस्तकको
विमोचन गर्नु भयो ।(रासस)–––मनोज दाहाल,९८४२०२००