स्वर्गीय बहादुरचन्द्र सिंह राजवंशीको योगदानको सम्झनामा अर्धकदको शालिक निर्माण

स्वर्गीय बहादुरचन्द्र सिंह राजवंशीको योगदानको सम्झनामा अर्धकदको शालिक निर्माण
नेपालको पुर्वि भुभागमा बसोवास गर्ने राजवंशी जातिहरुको बाक्लो बसोवास रहेको छ । पुर्वि भुभागमा बस्ने झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी, जनजातिहरु नेपालको विकासको कममा ऐतिहासिक योगदान रहेको छ । विद्मालय, ग्रमथान, स्वास्थय चौकी, निमावि स्कुल, डोमालाल राजवंशी रङशाला तथा देश र जनताको लागि हरकदममा सहयोग गर्ने राजवंशी समाजका जातिहरु हरबखत समाजिक कार्यमा त्यार रहने जातिको रुपमा रहने गरेको छ ।

तयस्तै नेपालको पुर्वी भुभाग क्षेत्रमा झापा जिल्लाको कचनकवल गाउँपालिका स्थित महेन्द्र रत्न माध्यमिक विद्मालयमा जग्गादाता राजवंशीको अर्धकदको शालिक निर्माण गरिएको हो । झापाको कचनकवल गाउँपालिकास्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा स्वर्गीय बहादुर चन्द्र सिंह राजवंशीको योगदानको सम्झनामा अर्धकदको शालिक निर्माण गरिएको छ । विद्यालयका संस्थापक राजवंशीले विद्यालयको निर्माणमा गरेको योगदानलाई सम्मान गर्दै, विद्यालय र गाउँपालिकाको संयुक्त लागत ४ लाख ९५ हजारमा शालिक निर्माण गरिएको हो ।

मिति २०८१ असोज १ गते आयोजित एक औपचारिक कार्यक्रममा प्रमुख अतिथि पूर्वगृहमन्त्री तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले शालिक अनावरण गरे । उनले स्वर्गीय राजवंशीको योगदानलाई ऐतिहासिक र प्रेरणादायी भन्दै विद्यालयको शैक्षिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै, स्वर्गीय राजवंशीका परिवारलाई सम्मानपत्र पनि हस्तान्तरण गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक मोहन राजवंशीले स्वर्गीय राजवंशीले विद्यालय निर्माणका लागि दान दिएको १३ बिघा ४ कठ्ठा ६ धुर जग्गाको स्मरण गर्दै विद्यालयको ऐतिहासिक यात्रा र विकासको चर्चा गरे । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, गाउँपालिकाका जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिमा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी र ५, ६, ७ नम्बर वडाध्यक्ष लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधि तथा समाजसेवी वुद्घिजिवि र स्थानीयहरु पनि कार्यक्रममा सहभागी भएका थिए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *