March 4, 2023
मुलुकका लागि राम्रो गर्न खोज्दा सबैतिर एमाले माथि प्रहार:अध्यक्ष ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चौतर्फी प्रहार भएको बताएका छन्।
नेपाल बुद्धिजिवी परिषद्को तेस्रो केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकका लागि राम्रो गर्न खोज्दा सबैतिर एमालेमाथि प्रहार भएको बताए।
एमालेको ध्यान मुलुकको विकास र समृद्धिका लागि नै रहेको भन्दै ओलीले यसैका कारण एमालेमाथि सबैतिरबाट प्रहार भएको बताए। ओलीले सामाजिक रुपान्तरणको विरोधी र स्वार्थी शक्तिहरु सत्ताकव्जा गर्न र जनतालाई भ्रमित पार्न अहिले पनि सफल रहेको बताए।
जनतालाई भ्रममा पार्ने र सही बाटोबाट अघि बढ्न नदिनेबाट मुक्त पार्न बौद्धिक जगतले आवश्यक भूमिका खेल्नुपर्ने बताए। ओलीले जनतालाई धक्माउने तर्साउने र जनताको चेतनालाई परिवर्तन हुन नदिने प्रवृतिलाई रोक्नुपर्ने बताए।