चन्द्रनगर गापा अध्यक्ष महतो फेरी एक्शनमा, सबै विद्यालय तथा कार्यलयमा लगाए ई–हाजिरी
सर्लाही । सर्लाहीको प्राकृतिक रुपमा निर्मित नाढीमन तालले प्रख्यात स्थानिय तह चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो फेरि एक्सनमा देखिएको छ ।
उहाँ गाउँपालिकामा निर्वाचित भएपछि गापा भित्रका विकास निर्माणका योजना, विधालय, वडा कार्यलय, स्वास्थ चौकी लगायतका मातहतका कार्यलयमा छडके अनुगमन गरि नियम विपरीत कार्यलाई यथाशिघ्र बन्द गर्न र गराउन ठाडो निर्देशन दिएर आम नागरिकबाट प्रशंसा बटुलेका महतो फेरि एक चोटि चर्चामा आएका हुन ।
उहाँले विद्यालय तथा कार्यलयहरुमा नियमित उपस्थित नहुने, आफूखुशि विदामा बस्ने, तोकिएको समयमा कार्यलयमा नआउने, कार्यलय समय सकिनु अगावै कार्यलय छाडने, कार्यलयमा रहदाँ तोकिएको पोशाक नलगाउने, परिचयपत्र नलगाउने लगायतका नियम विपरीत कार्य गर्ने कर्मचारी तथा शिक्षकहरुलाई कर्वाही गर्ने भएको छ ।
गाउँपालिकाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै गापा अन्तर्गतका सम्पूर्ण कार्यालय र विद्यालयहरुमा ई–हाजिरी (फिङर प्रीन्ट अर्थात औंठा बाला हाजिरी मसिन) को व्यवस्था गरेको जनाएको छ । आउदो फाल्गुन १ गते देखि गाउँपालिकाका सम्पुर्ण शाखा, केन्द्र, कार्यालय र विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य रुपमा ई–हाजिरी गर्नु पर्ने निर्देशन दिएको छ । प्रत्येक महिनाको ई–हाजिरीमा गैल देखिएको दिनको नियमानुसारको कागजात सहित उचित कारण नभएको अवस्थामा नियमानुसारको गैल कट्टी हुने जानकारी दिएको छ ।
गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यलयहरुबाट सर्वसाधारणलाई चुस्तदुस्त सेवा दिन यस्तो एक्सन लिएको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिए । केही कर्मचारीका कारण सरकारी सेवा दिने कार्यलय बदनाम रहेको छ , उहाँले भने । यस्ता कार्यबाट सर्वसाधारणले सास्ती खेप्दै आएको थियो । हामीलाई सेवाग्राहीले पटक–पटक गुनासो गरेपछि समयमा नआउने र कार्यलय समय अगाडी गईदिने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।
उहाँले जनताको करबाट उठेको राजस्व, जनतालाई सेवा गर्न प्रदान गरिएको तलब तथा सेवा सुविधा प्राप्त गर्ने शिक्षक, कर्मचारी र जनप्रनिधिहरुले जनतालाई गुणस्तरिय सेवा प्रदान गर्न जिम्मेवार भई दिनुपर्ने तर्क गरे ।
फाल्गुन १ गतेदेखि गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यलय र विद्यालयमा कार्यरत कर्मचारीहरुलाई अनिवार्य ई हाजिरी गर्नुपर्ने छ । र कार्यलय छाडदा सो दिनको नियमनुसार कागजात सहित कारण खोल्नुपर्ने छ । अन्यथा नियमनुसार गयल कटी हुने गाउँपालिकाले चेताएका छन ।
सम्बन्धित कार्यालय वा विद्यालयमा जडान गरिएको ई–हाजिरी मेसिनको सुरक्षाको जिम्मेवारी त्यस कार्यालयको कार्यालय प्रमुख र विद्यालयको प्र.अ. को हुनुको साथै ई–हाजिरी मेसिनमा कुनै समस्या देखिएमा गाउँपालिकाको सूचना अधिकृत र प्रशासन शाखा प्रमुखलाई तत्काल जानकारी गराई मेसिन सुचारु गराउनु पर्ने गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको हो ।
सूचना अधिकृत र प्रशासन शाखा प्रमुखले पनि यथासम्भव छिटो मेसिन सुचारु गराउनु पर्ने हुन्छ । यस सम्बन्धि कुनै ढिला सुस्ती भए सम्बन्धित कार्यालय वा विद्यालयका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत वा गाउँपालिका अध्यक्षलाई सम्पर्क गर्नु हुन गाउँपालिकाले आग्रह समेत गरेको हो ।
जनतालाई सेवा प्रदान गर्ने काममा बिना उचित कारण र नियमानुसारको कागजात बिना अनुपस्थित हुने गलत अभ्यास अन्त्य गरि जनतालाई समयमा चुस्त दुरुस्त तवरले गुणस्तरीय सेवा प्रवाह गरि सम्बन्धित सम्पुर्णले आफ्नो पदिए र नैतिक जिम्मेवारी निर्वाह गर्नु हुनेछ भन्ने बिश्वास गाउँपालिकाले लिएको हो