सुनको मूल्य प्रतितोला २ हजारले घटे
काठमाडौं। सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला २ हजारले घटेको छ । शनिबार प्रतितोला १ लाख ६ हजार १ सयमा कारोबार भएको सुन आइतबार प्रतितोला १ लाख ४ हजार १ सय तोकिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख तीन हजार छ सय छ । अघिल्लो दिन उक्त सुन १ लाख ५ हजार ६ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ४५ घटेर १ हजार ३ सय २० तोकिएको महासङ्घले जनाएको छ ।
त्यस्तै शुक्रबार पनि सुनको मूल्य १४ सय रूपैयाँले घटेको थियो। बिहीबार प्रतितोला १ लाख ७ हजार ५ सयमा कारोबार भएको सुन शुक्रबार प्रतितोला १ लाख ६ हजार १ सयमा कारोबार भएको हो। शुक्रबार चाँदी पनि प्रतितोला ३० रूपैयाँले घटेर १ हजार ३ सय ६५ मा कारोबार भएको थियो।