January 21, 2023
लागूऔषध चरेससहित दुई जना पक्राउ
कञ्चनपुर। कञ्चनपुरका दुई जनालाई प्रहरीले साढे १५ किलो लागूऔषध चरेससहित पक्राउ गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गोप्य सूचनाका आधारमा बझाङको भीमदत्त नगरपालिका–३ तिलकपुरका करन धामीलाई जाँच गर्दा उनको साथबाट चरेस बरामद गरेको हो।
धामीलाई सोधपुछ गर्दा चरेस शुक्लाफाँटा नगरपालिका–१२ देखतभूली बस्ने महेशप्रसाद भट्टलाई समेत बिक्री वितरण गरेको बताएपछि भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए।
पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ। दुवैलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरे पनि आज मात्रै जानकारी गराएको छ।