कांग्रेसले सभामुखमा उम्मेदवारी दिने/नदिने सर्वदलीय बैठकपछि निर्णय लिने

काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने/नदिने निर्णयका लागि सर्वदलीय बैठकलाई प्रतीक्षा गर्ने भएको छ । संसद सचिवालयले सभामुखको मनोनयन दर्ताको कार्यतालिका बुधबारको लागि राखेको छ ।

कांग्रेसले सभामुखमा उम्मेदवारी दिने/नदिने सन्दर्भमा पार्टीमा कुनै छलफल नभएको नेता रामचन्द्र पौडेलले जानकारी दिए । ‘सर्वदलीय बैठक बोलाउने भनेका छन् । त्यहाँ छलफल होला नि,’ पौडेलले अनलाइनखबरसँग भने, ‘पार्टीभित्र छलफल केही भएको छैन ।’

Add a Comment

Your email address will not be published. Required fields are marked *