प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ ग्रहण गरे

काठमाडौं : प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनीहरुलाई प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ ग्रहण गराएका हुन्।

यसअघि पुस ७ गते राखिएको प्रतिनिधिसभाका सदस्यहरुको शपथ ग्रहण समारोहमा छुटेका नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसद आले र कांग्रेसबाट निर्वाचित सांसद राईले आज शपथ लिन लागेका हुन्।

आले पारिवारिक शोकमा र राई सुत्केरी भइ अस्पताल भर्ना भएपछि शपथ ग्रहण छुटेको थियो। सांसद राईले कांग्रेस संसदीय दलको निर्वाचनमा अस्पतालबाटै मतदान गरेकी थिइन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *