स्कुटर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु

काठमाडौं : काठमाडौंको तार्केश्वर नगरपालिका-७ मा गएराति स्कुटर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्कुटर चालक नुवाकोटको शिवपुरी गाउँपालिका-७ का ३८ वर्षीय पशुपति ढंगोल रहेका छन्।

गएराति पौने ३ बजे चिमल सडक खण्डमा बा ९८ प ९१३ नम्बरको स्कुटर अनियन्त्रित भएर पोलमा ठोकिँएको थियो।

दुर्घनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरी वृत बालाजुले जनाएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *