चुनाव नजिकिँदै जाँदा सर्लाही क्षेत्र नं. ४ मा स्वतन्त्र नै बलियो

मलंगवा। प्रतिनिधि तथा प्रदेशसभाको चुनाव नजिकिँदै जाँदा सर्लाही क्षेत्र नं. ४ मा स्वतन्त्र नै बलियो देखिएको छ।

सत्ता गठबन्धन तथा एमाले जसपा गठबन्धलाई स्वतन्त्रले राम्रो चुनौती दिएको छ। सत्ता गठबन्धबाट नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति नागेन्द्रकुमार राय चुनावी मैदानमा छन् भने एमाले–जसपा गठबन्धबाट जसपाका राकेश कुमार मिश्र छन्। स्वतन्त्रतर्फ अमरेश कुमार सिंह र मधुमाला यादव चुनावी मैदानमा उत्रेका छन्।

सिंह निवर्तमान सांसद हुन भने यादव संविधानसभा सदस्य एवं माओवादी केन्द्रका नेता शिवपूजन रायकी छोरी हुन्। कांग्रेसबाट टिकट नपाएपछि सिंहले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् भने माओवादीको राम्रो मत रहेको र पार्टीले आफ्नो मान्छेलाई टिकट नदिएपछि शिवपूजनले आफ्नी छोरीलाई स्वतन्त्रबाट उम्मेदवारी दिन लगाएका हुन्।

चुनाव आफुले नै जित्ने स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंहले दाबी गरेका छन्। उनले भने, ‘क्षेत्रमा मैले गरेको विकास नै मेरो जित्ने अधार हो। पार्टीले मलाइ टिकट नदिएर ठूलो गुण लगाएको छ।’ चारतारे झण्डा छोडेर राष्ट्रिय झण्डा बोक्न पाएकोमा खुशी लागेको भन्दै नयाँ राजनीतिक जीवन पाएको सिंहले बताएका छन्। यस क्षेत्रमा दलगत उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारको बढीले चर्चा रहेको गोडैता नगरपालिकाका रंजित ठाकुरले बताए।

Add a Comment

Your email address will not be published. Required fields are marked *