November 4, 2022
निर्वाचन आयोगले आसन्न निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्ने
काठमाडौं। निर्वाचन आयोगले आसन्न निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्ने बताएको छ
शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई भेट्न उपराष्ट्रपति भवन, हरितगृह पुगेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले निर्वाचन तयारीबारे उपराष्ट्रपति पुनलाई जानकारी गराएको हो।
आयोगका अध्यक्ष थपलियाले निर्वाचनलाई विवादरहित,निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न आयोग युद्धस्तरमा काम गरिरहेको जानकारी गराएका थिए।
उनले मतपत्र छपाइको काम सम्पन्न भएको जानकारी गराउँदै उपत्यका बाहिरका जिल्लामा ढुवानीसमेत भइसकेको बताएका थिए।
भेटमा उपराष्ट्रपति पुनले निर्वाचनमा अधिकतम मतदाता सहभागी हुनसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए।