अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डमा नेपाली आकाशको सुरक्षा अंक बढिरहेकाले उडानका लागि नेपाल सुरक्षित
काठमाडौं। वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाली आकाश सुरक्षित रहेको बताएका छन्।
क्यानिडियन एभिएशन मिसन टु नेपाल कार्यक्रममा बोल्दै अध्यक्ष थापाले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डमा नेपाली आकाशको सुरक्षा अंक बढिरहेकाले उडानका लागि नेपाल सुरक्षित रहेको बताएका हुन्।
‘नेपाली आकाश सुरक्षित छ। यसकारण नेपाल आउनका लागि म यहाँबाट नै अन्तर्राष्ट्रिय जगतलाई अपिल गर्छु’, उनले भने। भौगोलिक तथा मौसमी विधितताको बाबजुत सुरक्षित उडानका लागि नेपाली उड्डयन क्षेत्र प्रतिबद्ध रहेको उनले बताए। क्यानिडियन एभिएशको सो कार्यक्रम मंगलबार र बुधबार गरी दुई दिनसम्म सञ्चालन हुने छ। कार्यक्रममा क्यानिडियन उड्डयन क्षेत्रमा पछिल्ला समयमा भएका विकास, आधुनिक उत्पादन, उड्डयनसम्बन्धी शैक्षिक संस्था लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको छ।
नेपाली उड्डयन क्षेत्रका संस्थापक, पाइलट, शैक्षिक संस्था लगायतका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको छ। कार्यक्रमलाई क्यानिडियन दूतावासले आयोजना गरेको हो।