एक महिलालाई अजिङ्गरले मारेर सिङ्गो शरीर निलिदिए

एजेन्सी। इन्डोनेसियाको जाम्बी प्रान्तमा एक महिलालाई अजिङ्गरले मारेर सिङ्गो शरीर निलिदिएको विवरण स्थानीय सञ्चारमाध्यममा प्रकाशित भएको छ।

रबर सङ्कलनको काम गर्ने ५० वर्षीया जराह गत आइतबार रबर खेती गरिएका ठाउँमा काम गर्न गएकी थिइन्। तर उनी राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी सुरु भयो।

एक दिनपछि गाउँलेहरूले ठूलो भुँडीसहितको अजिङ्गर फेला परे। त्यसपछि उक्त सर्पलाई उनीहरूले मारिदिए। सर्पको पेटमा महिलाको शव फेला परेको समाचार बीबीसीमा उल्लेख छ।

‘सर्पको पेटभित्र पीडित महिला थिइन्,’ बेटारा जाम्बीका प्रहरी प्रमुख एकेपी एस हरेफाले स्थानीय सञ्चारमाध्यमलाई भनेका छन्। उनका अनुसार ती महिलाको सग्लो शव सर्पभित्र पाइएको थियो।

उक्त सर्प कम्तीमा पाँच मिटर लामो भएको स्थानीय बासिन्दाले बताएका छन्। हुन त यो घटना दुर्लभ हो। तर इन्डोनेसियामा अजिंगरले मानिसलाई मारेको र खाएको यो पहिलो घटना भने होइन।

यस्तै प्रकृतिका दुईवटा घटना सन् २०१७ र सन् २०१८ मा प्रकाशमा आएका थिए।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *