October 21, 2022
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केसीको स्वास्थ्य सामान्य बन्दै
काठमाडौ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको स्वास्थ्य सामान्य बन्दै गएको छ ।
डेंगु संक्रमण पुष्टि भएपछि विर अस्पतालमा भर्ना भएका केसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालले जनाएको छ । यसअघि केसी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए ।
विर अस्पतालका निमित्त निर्देशक डा. भुपेन्द्र बस्नेतले केसीको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । एक दुई दिन आइसीयूमै डाक्टरको निगरानीमा राख्छौं ।’
केसीलाई थप अव्जरबेसन गर्नुपर्ने भएकाले आइसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । केसीको प्लेटलेस, हेमोग्लोबिन र सुगरको मात्रा सामान्य छ । व्लडप्रेसरको मात्रा पनि ठीक रहेको चिकित्सकले बताएका छन् ।