गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाख रुपैयाँको क्षति

विराटनगर। गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाख रुपैयाँको क्षति भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर-४ पनाहा नजिकै लालबहादुर दर्लामीको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो ।
बुधबार साँझ ७ बजेको समयमा आगलागी हुँदा २ तले कच्ची घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा र कागजपत्र, नगद गरी क्षति भएको विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लाबाट प्रहरीको टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास गरे पनि घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

सदरमुकामदेखि करिव ८ किलोमिटर पक्की सडक नजिकै आगलागी हुँदा पनि दमकलको सहज पहुँच नहुँदा आगलागी नियन्त्रणमा आउन नसकेको हो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *