लागु पदार्थ चरेससहित २ युवकलाई पक्राउ

वीरगन्ज। वीरगन्जबाट प्रहरीले लागु पदार्थ चरेससहित २ युवकलाई पक्राउ गरेको छ। प्रहरीले ९ केजी ५ सय ग्राम चरेससहित वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय करण राय र त्यही ठाँउका २० वर्षीय राज चौरसीयालाई पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज ८ रेल्वे रोडमा बुधबार दिउँसो सवारी साधन तथा पैदल यात्री चेकजाँच गर्ने क्रम्मा रायले बोकेको झोला खानतलाशी गर्दा ९ केजी ५ सय ग्राम चरेस बरामद भएको थियो। पक्राउ परेका रायले दिएको बयानका आधारमा चरेस ओसारपसार संलग्न चौरसीयालाई पनि पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

चरेससहित पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैरहेको बस्नेतले बताए।

Add a Comment

Your email address will not be published. Required fields are marked *