October 12, 2022
कार्तीक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल र जुकाको औषधी खुवाइने
काठमाडौं। आगामी कार्तीक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल र जुकाको औषधी खुवाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन लागेको जनाएको छ।
आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।