नेकपा माओवादी केन्द्रले चितवन क्षेत्र नं ३ मा डा भोजराज अधिकारीलाई टिकट दिए
विराटनगर। नेकपा (माओवादी केन्द्र) ले चितवन क्षेत्र नं ३ मा डा भोजराज अधिकारीलाई टिकट दिएको छ। सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रको भागमा परेको उक्त निर्वाचन क्षेत्र भाग परेपछि अधिकारीलाई उम्मेदवार बनाएको हो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त क्षेत्रबाट २०७४ सालमा जितेका थिए। सङ्घीय अस्पताल भरतपुर अस्पतालको अध्यक्ष रहेका अधिकारीले मनोनयन पत्र दर्ता गराउनु अगाडि राजीनामा दिएका छन्।। उनी माओवादीको स्वास्थ्य जनसङ्ख्या विभागको केन्द्रीय सचिव समेत रहेका छन्।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र देशभर आज बेलुका ५ बजेसम्म दर्ता हुँदैछ। प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरिदैँछ।