September 26, 2022
निलम्बित कप्तान लामिछानेविरुद्ध डीफ्युजन नोटिस जारी
काठमाडौं। बालिकामाथि जबरजस्तीकरणीको आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलमा डीफ्युजन नोटिस जारी भएको छ। नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डीफ्युजन नोटिस जारी गरेको हो।
नेपाल प्रहरीका प्रवक्ता डीआइजी टेकप्रसाद राईले तीन दिनअघि नै इन्टरपोलमा डीफ्युजन नोटिस जारी भएको बताए। ‘नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले तीन दिनअघि नै डीफ्युजन नोटिस जारी गरेको हो। यो प्रक्रियाअन्तर्गत नै नोटिस जारी भएको हो,’ उनले अन्नपूर्णसँग भने।
क्रिकेटर लामिछानेले आइतबारमात्रै समाजिक सञ्जालमार्फत् आफू मानसिक तनावका कारण आइसोलेसनमा रहेको बताएका थिए। उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जबरजस्तीकरणी कसुरमा जाहेरी परेको छ।