गठबन्धन मुलुकको विकास र समृद्धिको लागि आवश्यकता भएको:मन्त्री ज्ञानेन्द्र बहादुर कार्की

विराटनगर। सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अहिलेको गठबन्धन कसैको विरुद्ध लक्षित नभएर मुलुकको विकास र समृद्धिको लागि आवश्यकता भएको जिकिर गरेका छन् ।

मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनका पदाधिकारीसँगको भेटका क्रममा मन्त्री कार्कीले सत्तारूढ गठबन्धन देशको समृद्धिका लागि आवश्यक भएकोमा जोड दिएका हुन् । मुलुकलाई अहिले राजनीतिक स्थिरता र संविधान र लोकतन्त्रको रक्षाका निमित्त गठबन्धन अपरिहार्य भएको उनको भनाइ छ । मन्त्री कार्कीले आगामी निर्वाचन धांधलीरहित बनाउन सरकार प्रतिबद्ध रहेको समेत बताए । स्थानीय तहको निर्वाचनसँगै मुलुकको आधारशीला बलियो बनेको भन्दै अब संघ र प्रदेशको निर्वाचन पनि स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउनुपर्ने दायित्व सवैको रहेको उनले स्पष्ट पारे ।

Add a Comment

Your email address will not be published. Required fields are marked *