कांग्रेसले ८० सिटको हाराहारीमा सहमतिमा आउने : प्रचण्ड
विराटनगर। सत्तारूढ गठबन्धनमा सिट बाँडफाँटमा सकस परिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले ८० सिटको हाराहारीमा सहमतिमा आउने विश्वास गरेका छन् ।
मंगलबार धनगढी विमानस्थलमा अध्यक्ष प्रचण्डले कांग्रेस सयबाट ८० मा आउने सम्भावना बढ्दो रहेको जिकिर गरेका हुन् । गठबन्धनमा रहेका दलहरुका दाबी आआफ्नै भएपनि सहमतिको विकल्प नभएको उनको भनाइ छ । नेपाली कांग्रेसले चर्चा चलिरहेको र उहाँहरुले सुरुमा १०० भन्नुभएको थियो । तपाईहरुले पनि सुन्नुभएकै होला’, प्रचण्डले भने, ‘तर पछि ८० को वरिपरि आउने सम्भावना बढ्दो छ । हामीले पनि ६० भनेका छौ, ६० बाट केही तलमाथि होला तर त्यसैको वरिपरि हुन्छ भन्ने हाम्रो विश्वास छ ।’नेकपा एकीकृत समाजवादी र नेसपाले पनि २५ सिटको वरिपरि गरेको स्थिति भएकाले त्यसैलाई आधार बनाएर सवै पार्टीका प्रतिनिधिहरु बसेर क्षेत्र र प्रदेशसम्म हेरेर टुंग्याउने प्रयासमा रहेको उनले जानकारी दिए ।
अध्यक्ष प्रचण्डले फरक प्रसंगमा बोल्दै आगामी आमनिर्वाचनमा चितवन ३ बाटै लड्ने प्रष्ट पारे । ‘म धेरै तिर गएँ । जनताको भावना बुझ्न पनि रोल्पा, काठमाडौं, सिराहा गएँ,’ प्रचण्डले भने, ‘अहिले यताउता गर्दिन ।