माओवादी पोलिटब्यूरो सदस्य अछामी एमालेमा प्रवेश गर्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का भर्खरै पोलिटब्यूरो सदस्यम बढुवा भएका मोरब इन्चार्ज गोपीबहादुर अछामी (सार्की)ले एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् ।
एमाले स्रोतले दिएको जानकारी अनुसार अछामी नेकपा विभाजनसँगै एमालेमै रहन चाहेका थिए । यद्यपि उनी राष्ट्रियसभा सदस्य रहेको कारण पद गुम्ने डरले माओवादीमै रहेका थिए । हाल एमालेको केन्द्रीय सदस्य तथा मोरबको क्षेत्र नम्बर ४ बाट एमालेले सिपफरिस गरेको एक्लो उम्मेद्वार विनोद ढकाललाई भोट माग्दै सामाजिक सञ्जाल फेसबुकमा अछामीले पोष्ट गरेपछि उनी एमालेमा प्रवेश गर्न लागेको चर्चा चुलिएको छ । फेसबुकमा उनले पछाडिपट्टी सूर्य चुनाव चिन्ह रहेको विनोद ढकालको पफेटो पोष्ट गर्दै राम्रो मान्छेले चुनाव जित्नुपर्ने उल्लेख गरेका छन् ।
माओवादी केन्द्रले केन्द्रमा एमालेलाई हराउन गठबन्धनको कसरत गरिरहेका बेला अछामीले पोष्ट गरेको यो स्टाटसले जिल्लामा तरंग पैदा गरेको छ । पार्टी पफ्रक भए पनि तपाईको सपफ्लतामा म कहिल्यै बेखुस हुने छैन, हार्दिक बधाई छ कमरेड,’ आइतबार ढकालको तस्बिर पोष्ट गर्दै अछामीले भनेका छन् । उनले अर्को पोष्ट गर्दै लेखेका छन् । नेकपा एमाले मोरब क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा उम्मेद्वारमा सर्वसम्मत सिपफरिस हुनुभएकोमा मित्र विनोद ढकालज्यूलाई हार्दिक बधाई तथा विजयको लागि शुभकामना ।
त्यति मात्रै होइन उनले आ आफ्नै पोष्टमा कमेन्ट गर्दै । असल मानिसले खराब गर्दैनन्, असल मानिसहरुलाई अगाडि बढाउनु हामी सबैको कर्तव्य हुनजान्छ । केही दिन अघि उनले दुई वृद्ध–वृद्धा श्रीमान श्रीमतीको स्केच र ढकालसँग आ आफ्नो स्केच जोडेर पफेटो पोष्ट गरेका थिए । उनले त्यसबेला पनि लेखेका थिए । विगत सम्भफ्दा दोस्ती दुईभाईको । उनले एमालेको प्रचार गरेको ढकालको क्षेत्र मोरब ४ मा यसअघि माओवादी केन्द्रका अमनलाल मोदीले निर्वाचन जितेका थिए ।
यस पटक पनि सत्ता गठबन्धन हुँदा सो क्षेत्र माओवादी केन्द्रले नै पाउने चर्चा छ । उक्त क्षेत्रबाट माओवादी नेता मोदी एकल रुपमा सर्वसम्मत उम्मेद्वार सिपफरिस भइसकेका छन् । अछामीले मोदीलाई भने शुभकामना दिएका छैनन् । आ आफ्नै पार्टीबाट सिपफरिस भएका मोदीलाई शुभकामना र बधाई नदिनु तथा एमालेका उम्मेद्वार ढकाललाई बधाई दिनुले उनी एमालेकरण हुन लागेको माओवादी स्रोत बताउँछ । उनी नेकपा हुँदा मोरबमा एमाले नेता ढकालसँगको सम्बन्ध प्रगाढ बनाएका थिए ।
ढकालसँग कै संगतले उनले पार्टी छोड्न लागेको कतिपयको विश्लेषण छ । उनी ढकालले विराटनगरका मारवाडी समुदायबाट उठेको चन्दाको हिस्सेदारी समेत रहेको माओवादी वृत्तमा चर्चा छ । माओवादी केन्द्रबाट अछामी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरब क्षेत्र नम्बर ८ बाट विजयी भएका थिए भने ७० सालमा भने पराजित भएका थिए । नेकपा छँदा ढकालकै सिपफरिस र जोडबलमा राष्ट्रियसभा सदस्यका उम्मेद्वार बनेका अछामीले निर्वाचन जितेका थिए । उनी हाल राष्ट्रियसभामा नेकपा माओवादी केन्द्र संसदीय दलका सचेतक रहेका छन् ।