September 5, 2022
मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको ८४ को आज (सोमबार) बिहान १० : २५ मा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि धनकुमारीको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन कक्षमा उपचारका क्रममा उपचार भइरहेको थियो । धनकुमारीको बिहान उपचारकै क्रममा मृत्यु भएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ ।
उनको पार्थिव् शरीर श्रद्धाञ्जलीका लागि अस्पतालकै प्राङ्गणमा राखिएको छ ।धनकुमारी विक्रम सम्बत १९९५ मा भोजपुरको तिम्मा गाउँमा जन्मिएकी हुन् ।