नेकपा एसले मोरङ-६ मा सरकारलाई समेत चुनौती दिने युवा ढकाल सहित ११ जनाको नाम सिफारिस
विराटनगर। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले मोरङको क्षेत्र नम्बर ६ (ख) बाट युवा समाजसेवी एमवं उद्योगी दिपक ढकालको नाम सिफारिस गरेको छ।ढकाल लामो समयदेखि धार्मिक पर्यटन भित्र्याउन लागेकाले युवाहरूको आग्रहमा प्रदेश सभामा सिफारिस गरिएको हो।
धार्मिक स्वभावका ढकाल लामो समयदेखि विराटनगर र आसपासको क्षेत्रमा समाजसेवीको रूपमा ख्याती कमाएका छन्। मुलुकलाई धर्म निरपेक्ष घोषणा भएपछि विराटनगरको सिघियामा परोपार घाट निर्माणसँगै १ हजार ८ हिन्दु देवी देवताको मूर्ति बनाएर उनी चर्चामा आएका थिए।उनले पर्यटन सम्बन्धि उर्जा समेत दिएका छन्।
युवा समाजसेवी एमवं उद्योगी ढकालले कोरोना दैनिक रूपमा बढ्दै गएको समयमा सरकारलाई समेत चुनौती दिदै संक्रमितको घरघरमा गएर आफ्नै लगानीमा सेनीटाइज गरेका थिए। उनले दल भन्दा माथि उठेर संक्रमितको घरघरमा गएर संक्रिमित माथि सामाजिक रुपमा हुने दुर्व्यवहार र तिस्कराजन व्यवहार विरुद्ध सामाजिक सद्भाव कायम गर्ने उदेश्यले संक्रमित र उनका परिवार संग भेटघाट र सहयोग गर्ने अभियान सुरु गरेको थियो।
उनीसँगै प्रदेशसभामा मोरङ क्षेत्र नबर ६ (ख)का लागि ११ जनाको नाम जिल्ला कमिटीलाई सिफारिस गरिएको छ।क्षेत्रीय कमिटी कमान्ड मणि दाहालका अनुसार ओसिम आलम, गोमा चौधरी, पारुल क्षेत्री, दीपक ढकाल, राम प्रसाद साहा, सिता पौडेल, रविना खातुन, नौसाद प्रबेज, सजु शाह एलिज गुरुङ र रमन गौतमको नाम जिल्ला कमिटीलाई सिफारिस गरिएको हो।