हप्ताको पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि

काठमाडौं। सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ।

यसदिन नेप्से परिसूचक ६.६८ अंकले वृद्धि भएर १९७७.३० विन्दुमा अडिएको छ। सेन्सेटिभ इन्डेक्स ०.५७ अंकले वृद्धि भएर ३८३.७७ विन्दुमा पुगेको छ। आज २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता सेयर १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँमा खरिदबिक्री भएको छ। सामान्य अंकले बढेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। रुरु जलविद्युत परियोजनाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

यस्तै कारोबार भएका १३ समूहमध्ये ९ समूहको सूचक बढेको छ भने ४ समूहको घटेको छ। यसदिन नन लाइफ इन्स्योरेन्सको सर्वाधिक १.८५ प्रतिशतले बढ्यो।

Add a Comment

Your email address will not be published. Required fields are marked *