प्रतिनिधि सभा बैठक बस्दैछ।

काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ। बैठक दिउँसो २ बजेका लागि डाकिएको छ।

बैठकमा सभामुख अग्निप्रसा सापकोटाले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन गर्ने संभावित कार्यसूची छ।यस्तै सभामुख सापकोटाले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसंचालन) नियमावली २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूचीमा उल्लेख छ।

बैठकमा प्रतिनिधि सभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर हुनेछ।

Add a Comment

Your email address will not be published. Required fields are marked *