सुनसरीमा कांग्रेसले जातीय बहुल्याताको आधारमा देलान टिकट ?

विराटनगर । मङ्सिर ४ गते हुने संघया र प्रदेश निर्वाचनलाई केन्द्रित गरि आ-आफ्नो तर्फ बाट उमेद्वारी हुने आकांक्षीहरु प्रशस्त देख्न थालेका छन्। सतासिन दल बीच चुनावी तालमेल गर्ने मौखिक सहमति भए पनि प्रदेश १ स्थित सुनसरी क्षेत्र नम्बर २ मा यसपटक रोचक राजनीती हुने भएको हो।

बिगत लामो समयदेखि नेपाली कांग्रेसले जित्दै आएको यस क्षेत्रमा यसपटक बर्तमान सांसद सिताराम मेहता र केन्द्रिय सदस्यहरु राजीव कोइराला, राजीव ढुङ्गानाले उम्मेदवारी प्रस्तूत गरेका छन् । सुनसरीको क्षेत्र २ कांग्रेसको गड मात्र नभई कुशवाहा (मेहता)को पनि गड हो। तर राजिव कोइरालालाई संघीय उम्मेदवार बनाएर मेहतालाई समानुपातिक सुचिमा राख्ने र अर्का केन्द्रिय सदस्य ढुङ्गानालाई प्रदेश (क) तिर उम्मेदवार बनाउने पार्टीमा चर्चा रहेको एक नेताले बताए । यी तिन जना मध्ये टिकट कस्ले पाउने त्यो भने प्रष्ट भइसकेको छैन तर कुशवाहा (मेहता ) जातिको बहुल्यता भएकै कारण  र सांसद  मेहता आफुलाई गरिवको नेता भनेर पटक पटक जित्दै आएका छन् ।

त्यसै गरि यता प्रदेश २ (ख) मा राजिव कोइरालाई संघय जाने निश्चित भए संगै उमेद्वारी हुने आकांक्षीहरु प्रशस्त  देख्न थालेका छन्। प्रदेश २ (ख ) एस .एन.मेहता ,मोहन मेहता ,हेम नारायण मेहता ,बिरेन्द्र कुमार मेहता (केएम )प्रमानन्द मेहता ,सुरेन्द्र यादव ,दिनेश यादव ,जगधर यादव रफुल अन्सारी आदि उमेद्वारी हुने आकांक्षीहरु रहेका छन्। नेपाली कांग्रसले कसलाई के को आधारमा टिकट दिने अहिले भन्न सकिने आवस्था छैन। तर एमालेको तर्फ बाट जातीय बहुल्यताको आधारमा कांगेस बिरुद्ध रामप्रसाद मेहतालाई उमेद्वार सुनिस्चित गरि सकेका छन्।

३० हजार मतदाता रहेको दक्षिण क्षेत्रबाट उम्मेदवार बनाए मात्र कांग्रेसले जीत हासिल गर्न सक्ने भन्दै के एम सहित ६ जनाले उम्मेदवारी दावी प्रस्तूत गरेका छन्। अहिलेसम्मको इतिहासमा दक्षिणबाट कोही कसैले पनि संसदीय उम्मेदवारी दावीसम्म नगरेका कांग्रेसमा ६ जनाले पहिलोपटक दक्षिणी सहभागिताको माग गरेका हुन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *