विश्वकै भ्रष्ट प्रधानमन्त्री मध्ये पहिलो नम्बरमा ओली ,भ्रष्टचार लुकाउन पार्टी विभाजन
विराटनगर। पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठुलो झट्का लागेको छ। निर्वाचन नजिकिए संगै ओलीलाई ठुलो झट्का लागेको हो।
पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिसँगै ‘सुशासन, स्थायित्व र समृद्धि’ खुब चर्चित रह्यो । उनको तीन वर्षे शासनकाल भरि ‘भ्रष्टाचार गर्दिनँ र हुन दिन्नँ’ नारा बन्यो । तर भ्रस्टाचार बढी उनकै पालामा भइरहेको थियो कसैको ध्यान केन्द्रित भएन। सबैको ध्यान ओलीको उखान र ‘भ्रष्टाचार गर्दिनँ र हुन दिन्नँ’ नारामा उल्झिएको थियो। जब ओलीको नेतृत्वमा सरकार गठन भएको तीन वर्ष पूरा भयो । तब मुख खुल्न थाल्यो।
राज्य शक्तिको कति र कसरी दुरुपयोग भयो ? त्यो तथ्य खोज्न कहीँ जानु पर्दैन, नेकपा एक हुँदा सचिवालय बैठकमा प्रस्तुत पुष्पकमल दाहालको १९ पृष्ठ लामो प्रस्तावमै लिपिबद्ध छ । सचिवालयमा उठेको प्रश्नमा जवाफ दिनुको सट्टा ओलीले पार्टी विभाजनकै रणनीति बनाए । जस कारण कम्युनिष्ट पार्टी विभाजन भए र ओलीलाई साता गुमाउनु पर्यो।