इन्धनको मूल्य नघटाएको भन्दै सरकारको आलोचना गरे: कांग्रेसका नेता प्रकाशमान सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य नघटाएको भन्दै सरकारको आलोचना गरेका छन् । महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले मूल्य वृद्धि नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

आज बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताए । इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंहले भने, ‘अटोमेटिक प्रासिङ सिस्टम त छँदैछ, उपभोक्तालाई मारमा पार्दिनु भएन । सरकारले अलिकति पहल गर्नुपर्‍यो ।

स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दा समेत नेपाल आयल निगमले मूल्य घटाएको छैन ।

Add a Comment

Your email address will not be published. Required fields are marked *