धर्मिनिरपेक्षता खारेज गरी सनातन हिन्दूराष्ट्र पुनःस्थापन होस्:अध्यक्ष थापा
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नभएको टिप्पणी गरेका छन्। थापाले गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता रहेको स्पष्ट पारेका हुन्।
उनले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्नुपर्नेमा जोड दिए । ‘धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरौँ,’थापाले लेखेका छन्, ‘गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन। गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता हो । थापाले भ्रष्टाचार, बेरोजगारी , धर्म परिवर्तन र सर्वसत्तावादलाई पराजित गर्नुपर्ने धारणा राखे।
थापाले सोमबार र मंगलबार बसेको केन्द्रीय समिति बैठकमा सकारात्मक परिवर्तनको लागि राष्ट्रवादी शक्तिको निर्माण विषायक कार्यविधि परिमार्जनसहित पारित गरेको थियो। बैठकले धर्मपरिवर्तनको डढेलोलाई नियन्त्रण गर्न नसके नेपालको राष्ट्रिय पहिचान र एकतामा आघात पुयाउने, सामाजिक सांस्कृतिक सदभाव र एकता खलबलीन गै देश धार्मिक द्वन्दमा फस्न सक्ने खतरा रहेको भन्दै ध्यानाकर्षण गराएको छ। धर्म परिवर्तनको मुल कारक बनेको धर्मिनिरपेक्षता खारेज गरी सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र पुनःस्थापन होस् भन्ने राप्रपाको माग रहेको छ।