नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गराएको छ। पार्टीका उपसभापति धनराज गुरुङसहितको टोली मंगलबार दिउँसो आयोग पुगेर दल दर्ता गराएका हुन्।

आजै माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिन्ह र संयुक्त घोषणा पत्र लिएर निर्वाचनमा जानेबारे आयोगलाई जानकारी गराएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आज अन्तिम दिन हो। निर्वाचन आयोगले साउन २२ गतेदेखि ३१ गतेसम्म दल दर्ताको समय तोकेको थियो।

राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *