इन्डो-तिब्बत सीमा प्रहरी बलको बस दुर्घटना:६ सैनिकको मृत्यु

कश्मीर । इन्डो-तिब्बत सीमा प्रहरी बल (आईटीबीपी) को बस मंगलबार बिहान ११ बजे कश्मीरको पहलगाममा दुर्घटना भएको छ। दुर्घटना भएर बस १०० फिट गहिरो खाडलमा खसेको थियो । दुर्घटनामा ६ सैनिकको मृत्यु भएको छ।

बसमा ३९ आईटीबीपी र २ जम्मू कश्मीरका पुलिस थिए। बसको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । सबै जवान अमरनाथ यात्राबाट ड्युटी गरेर फर्किरहेका थिए।

जवानहरू अमरनाथ यात्राको सुरुवात बिन्दु चन्दनवाडीबाट पहलगाम आउँदै थिए। बीचमा चालकले नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको थियो । घाइतेको उद्धार कार्य सुरु गरिएको छ।

अनन्तनागका डिप्टी कमिश्नरका अनुसार घाइते जवानहरूको अनन्तनागको सरकारी मेडिकल कलेजमा उपचार भइरहेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *