नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम

काठमाडौं। कम्युनिष्ट शक्तिहरुको एकीकरण गराउने भन्दै हिँडेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम आसन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लडने भएका छन् ।

नेकपा माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले गौतमलाई आफ्नो चुनाव चिन्हबाट लड्ने अनुमति दिएको हो । माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले गौतमलाई माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लड्न दिने निर्णय भएको बताए । प्रवक्ता महराले भने, ‘वामदेव गौतम र बावुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लड्न दिने पार्टीले निर्णय गरको छ ।

गौतम प्युठान वा बर्दिया कहाँबाट लडने भन्ने बारेमा टुंगोमा पुगिसकेका छैनन् । गौतमको आग्रह बमोजम माओवादी केन्द्रले उनलाई आफ्नो चुनाव चिन्हमा निर्वाचन लड्न दिन निर्णय गरेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र गौतमको व्यक्तिगत सम्बन्ध समेत बलियो छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *