मोरङको धनापाल गाउँपालिका रहेको कदमेश्वर पिण्डेश्वर महादेवको मंदिर संरक्षण गरि पर्यटन क्षेत्र बनाउन सकिन्छ

मोरङको धनापाल गाउँपालिका वार्ड नं ६ साविकको कदमाहा २ मा रहेको कदमेश्वर पिण्डेश्वर महादेवको मंदिर एक करिब ६ सय वर्ष पूर्व यो मंदिर को स्थापना भएको अनुमान लगाएको छ्रयो पौराणिक मूल्य मान्यताले भरिपूर्ण सहार्दाव मंदिर आस्था र विश्वासका केन्द्र मानिन्छ ।

यस महादेव मंदिरमा प्रत्येक वर्ष महाशिव रात्रीको अवसरमा मेला र भक्तजनहरुको भिड लाग्ने गर्दछ । त्यसे गरि सावन महिनाको हरेक दिन र बिशेष गरि प्रत्येक सोमवार श्रद्धालु भजन व्रत बसि जल चढाएर पूजा गर्ने गरिन्छ ।

यस मन्दिरको पुजारीको रूपमा १८ वर्ष देखी पुजा पाठ गरिदै आइरहेका ६८ वर्षिय पुजारी राजेन्द्र दास यस मंदिर परिसरमा बेला बेलामा अकल्पनीय बटनाहरू घटने गरेको बताए । दासले आफ्नो तिन पुस्त देखि यही मंदिरको हेरचाह र पुजा पाठ वितिसकेको बताउछ।

४ विद्या १६ कठठामा अवस्थीत यो मंदिर महादेव शिवको महिमाको बरवान चोतार्फी भइरहेको छ । पश्चिम तिर फर्केको महादेव शिवको निर्माणधिन मंदिर र ठिक अगाडी पूर्व तिर फर्केको निर्माणधिन पार्वती माताको मेदिर परिसर भित्र एउटा पुरानो इनार र पोखरी रहेको छ। यसलाई संरक्षण गरि पर्यटन क्षेत्र बनाउन सकिन्छ तर अहिले सम्म ध्यान गरेको छैन व्यावस्थापक समितीका अध्यक्ष सन्तोष यादव बताउँछन्।

यो कदमेश्वर पिण्डेश्वर मंदिर को जति बरवान गरे पनि सुभेको अगाडी बत्ती बाले जस्तो हुन्छ।धनापाल  गाउँपलिका पनि पर्यटकहरूको केन्द्र बन्न सक्छ र स्थामिमहरूको आम्दानीको स्रोत बन्न सक्छ्रतर सरोकार वालाहरुको ध्यान केन्द्रित हुन् सकेको छैन । यस बारे सरोकारवालाहरूको पनी समयमै ध्यान जाओस ।

Add a Comment

Your email address will not be published. Required fields are marked *