नेपाल ‘एक चीन नीति’ प्रति प्रतिवद्ध रहेको दोहोर्याए : गृहमन्त्री खाण
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिवद्ध रहेको दोहोर्याएका छन्। मन्त्री खाडले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका हुन्।उनीहरुबीच शुक्रबार गृहमन्त्रालयमा भेटवार्ता भएको थियो।
नेपाल एक चीन नीतिको पक्षमा छ,’ गृहमन्त्री खाणले राजदूत यान्छीसँग भने, ‘नेपाली भूमिमा छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिवद्ध छौँ । भेटमा राजदूत यान्छीले हालै अमेरिकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमणको स्मरण गराउँदै नेपाल एक चीन नीतिमा प्रतिवद्ध हुनेमा आफू विश्वस्त रहेको गृहमन्त्री खाडलाई सुनाएको स्रोतले बताएको छ।
संघ र प्रदेश सभाको निर्वाचनको घोषणा भएकोमा खुसी व्यक्त गर्दै राजदूत यान्छीले आसन्न निर्वाचनका लागि चीनले सहयोग गर्ने बताएको गृहमन्त्रालयले जनाएको छ।