Category: अपराध

हत्याको आरोपमा सात जना पक्राउ परे

रुपन्देही। बुटवल उपमहानगरपालिका-९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा सात जना पक्राउ परेका छन्। बुटवल उपमहानगरपालिका-८ राजमार्ग चौराहमा मागी खाई हिँड्ने २९ वर्षीय कृष्ण सिजाली मगर लगायत ७ जनालाई चक्कुसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। आफ्नो ठेलामा रहेको बदाम र चकलेट उनीहरूले चोरी गरी

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरे

विराटनगर। झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको मेचिनगर नगरपालिका-१० स्थितमा लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले WB74 BF 5817 नम्वरको स्कुटरमा सवार रहेका भारत दार्जिलिङका २८ बर्षीय मनोज गिरी र ३० बर्षीय प्रमोद

सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ

विराटनगर । सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरी पक्राउ गरेको छ । बुधबार अस्थाई प्रहरी पोष्ट विजयपुर धरानबाट खटिएको प्रहरीको टोलीले धरान उप- महानगरपालिका-१४ का २१ बर्षीय रन्जित तामाङ, १९ बर्षीय नेल्शन याक्खा, २० बर्षीय शाहील भण्डारी र १९ बर्षीय शेखर परियारलाई प्रतिबन्धित लागुऔषध स्पास्पेन- २४८ ट्यावलेट र ट्रामाडोल- ३३० ट्याव्लेट

श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

दुलेगौँडा। तनहुँको दुलेगौँडामा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ। पोखरा महानगरपालिका-१० शिसुवा स्थायी घर भई हाल शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोलमा डेरा गरी बस्ने ४० वर्षीय मनबहादुर नेपालीको श्रीमतीको कुटाईबाट मृत्यु भएको हो। बुधबार बेलुका करिब ९:३० बजे मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमती शुशिला वि.कले श्रीमान् मनबहादुरको टाउकोमा ढुङ्गाले हान्दा गम्भीर घाइते भएका

भारतबाट अवैध रुपले नेपालमा चिनी ल्याउने तीन जना पक्राउ

काठमाडौ। भारतबाट अवैध रुपले नेपालमा चिनी ल्याउने तीन जना पक्राउ परेका छन्। झण्डै ३४ लाख २ हजार रुपैयाँ बराबरको ६० क्विन्टल चिनी पश्चिम नवलपरासीको सरावल-५को धनगडवाबाट नियन्त्रणमा लिइएको हो। अवैधरुपमा चिनी ल्याउने प्रतापपुर गाउँपालिका २ घोडाहा बस्ने ४५ वर्षीय धिरेन्द्रकुमार चौधरी, २० वर्षीय किरणकुमार चौधरी र रामग्राम नगरपालिका ७ उजैनीका रोशन चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले

यौन दुर्व्यवहारको आरोपमा एक आयुर्वेदिक वैद्य पक्राउ

सोलुखुम्बु। सोलुखुम्बुमा बाल यौन दुर्व्यवहारको आरोपमा एक आयुर्वेदिक वैद्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका-१७ घर भई आरोग्य केन्द्र सोताङमा कार्यरत्त वर्ष ४० का राधेश्याम प्रसाद शाह रहेका छन्। शाहमाथि सोताङ गाउँपालिकाकै एक १० वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ। शुक्रबार पक्राउ परेका शाहविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ। पक्राउ

मेसेन्जरबाट शारीरिक सम्पर्कको प्रस्ताव राखेपछि बलात्कार मुद्दा हाल्ने भनी ५ करोडको बार्गेनिङ

घोराही । दाङमा हनि ट्रयापमा संलग्न एक पुरुष र २ महिलासहित ३ जना पक्राउ परेका छन् । घोराही १० नारायणपुरबाट पुरुष र तुलसीपुरबाट २ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा फाँटका इन्सपेक्टर सञ्जिव बेलबाँसेले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा घोराही-१० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी, तुलसीपुर १८ ग्वारखोलाकी ३६ वर्षीया

जलविद्युत् कार्यालय तोडफोड तथा सवारीसाधनमा आगजनी

गोरखा। चम्पावती जलविद्युत् आयोजनाका कारण राइनासटारको १२ सय हेक्टर खेत सुक्खा लाग्ने भन्दै किसानहरूले सो आयोजनाको कार्यालय तोडफोड तथा सवारीसाधनमा आगजनी गरेका छन्। शनिबार कार्यालय परिसरमा पुगेका पाँच सय जनाभन्दा धेरै स्थानीय किसानले सो कार्यालयमा आक्रमण गरेका घटनाका प्रत्यक्षदर्शी सुजन न्यौपानेले बताए। राइनासटार सिँचाइ आयोजनाको बाँधभन्दा २ सय मिटर तल जलविद्युत् आयोजनाको निकास हुँदा खेतमा

प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ

विराटनगर। मोरङको विराटनगर महानगरपलिका – १३ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ केराबारी गाउपालिका १० का ३३ बर्षीय अरुण लिम्बु रहेका छन् । हिजो साँझ ७ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले रानीबाट बिराटनगर

अर्घाखाँचीबाट हराएकी एक युवतीको डेढ महिनापछि भारतको नयाँदिल्लीबाट उद्धार

अर्घाखाँची । अर्घाखाँचीबाट हराएकी एक युवतीको डेढ महिनापछि भारतको नयाँदिल्लीबाट उद्धार गरिएको छ । गत कात्तिक २४ गतेदेखि हराएकी सन्धिखर्क नगरपालिका निवासी १७ वर्षीया युवतीलाई शान्ति पुनःस्थापना गृह बाँकेले देहरादुनस्थित हेल्पक्रस संस्था र भारतीय प्रहरीको सहयोगमा उद्धार गरेको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए । उहाँका अनुसार दिल्लीको कोटला थानाका इन्चार्ज सुनिल गोडियालको सक्रियतामा