Category: निर्वाचन

सामानुपातिक सांसदहरुको सूची आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले सामानुपातिक सांसदहरुको सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गर्ने तयारी भएको हो । निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले समानुपातिक सांसदहरुको सूची सकेसम्म आजै सार्वजनिक गर्ने तयारी

निर्वाचन आचारसंहिता आजबाट निष्क्रिय

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु गरेको निर्वाचन आचारसंहिता सोमबारदेखि निष्क्रिय भएको छ। आयोगले आइतबार विज्ञप्ति जारी गर्दै आजदेखि निर्वाचन आचारसंहिता लागू नरहने जानकारी दिएको थियो। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार,

न्यायाधीश गिरीले एक महिलालाई बन्धक बनाएर यौन शोषण गरे

काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ । पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो । पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भए

विराटनगर। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन्। निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिृकत, सुरक्षा निकायमा जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय, काठमाडौँले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको निष्ठा कायम राख्न गरेका अधिकांश अपेक्षा पूरा

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

विराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन्। उनले एमालेका केन्द्रीय सदस्य जगदीश कुसियतलाई ११२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी कुसियतले ३० हजार ३७१ मत पाए। सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री कार्की जितसँगै दोस्रो पटक संसद भवन प्रवेश

अपेक्षाकृत परिणाम नआए:कमल थापा

काठमाडौ। राप्रपा नेपालले आम निर्वाचनमा निराशाजनक परिणाम भोग्नुपरेको निष्कर्ष निकालेको छ । पार्टीको मंगलबार बसेको सचिवालय बैठकले अपेक्षाकृत परिणाम नआए पनि जनताको अभिमतलाई स्वीकार गर्दै प्रजातान्त्रिक मान्यता अनुसार पराजय स्वीकार गर्ने निर्णय गरेको छ । बैठकले पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा होमिनुपरेको, संगठन निर्माण हुन नसकेको, संस्थागत रुपमा प्रभावकारी चुनावी अभियान संचालन हुन

सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई निर्वाचित

विराटनगर। सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत पाइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो

बाजुरामा मंसिर ४ गते स्थगित भएको मतदान आज पुन हुदै

बाजुरा। बुढीनन्दा नगरपालिका ५ नन्देश्वरी माविमा उच्च सुरक्षाकाबीच शनिबार बिहान ७ बजेबाट पुन मतदान सुरु भएको छ । मंसिर ४ गते को निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडप भएपछि मतदान स्थगित गरिएको थियो । मंसिर ७ गते स्थगित गरिएको निर्वाचन निर्वाचन आयोगले पुन: मंसिर १० गते गर्ने भनेर सुचना जारी गरेको थियो।

रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना रोकिए

काठमाडौं। रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना रोकिएको छ। निर्वाचनपछि मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन लगायतका दलहरूले विरोध गरेपछि मतगणना रोकिएको हो। उनीहरूले पुनः मतदानको माग गर्दै मतदानस्थल बुटवल उपमहानरपालिका बाहिर नाराबाजी गरेका छन्। ८० हजारभन्दा बढी मत खसेको सो क्षेत्रमा करिब ६ हजार मत गन्न बाँकी

सुनसरी क्षेत्र नम्बर १ को (क) बाट एमालेका रमेश बस्नेत विजयी

विराटनगर। सुनसरी क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभा सदस्यमा एमालेका रमेश बस्नेत विजयी भएका छन् । उनले कांग्रेस प्रदेश महामन्त्री उमेश थापालाई पराजित गर्दै विजयी भएका हुन्। थापा बस्नेतका नाताले ज्वाइँ पर्छन्। निर्वाचित सांसद बस्नेतले ११ हजार १०२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी थापाले ९ हजार ७५२ मत प्राप्त गरे । प्रदेशसभामा