लण्डन (एएफपी)। बेलायतको औषधि नियामक निकायले कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई उपचार प्रयोगका लागि स्वीकृति दिएको छ। मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी’ ले सोमबार एक विज्ञप्ति जारी गर्दै बेलायती नियामकको सुरक्षा, गुणस्तर र प्रभावकारिताको मापदण्ड पूरा गरेको पाइएपछि वयस्कका लागि खोपको अतिरिक्त मात्रा प्रयोगका लागि स्वीकृति दिएको जनाएको छ। बेलायती नियामक निकायले स्वीकृत गरेको
वासिङटन डिसी। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्सको नयाँ भेरियन्टको नामाकरण गरेको छ । पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मङ्कीपक्सको स्वरुप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राख्नु परेको अधिकारीहरुको भनाइ छ । सांस्कृतिक तथा सामाजिक कारणले मङ्कीपक्सलाई वेवास्ता गरिएको र यसको असर विश्वभरी बढ्दै गइरहेको पनि डब्लुएचओले जनाएको छ । विज्ञहरुको एउटा
सिड्नी। अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् । चिकित्सा अनुसन्धानकर्ताहरुको समूह ‘ बुर्नेट इन्ष्टीच्युड’ ले कोरोना भाइरसको फैलावट न्यूनीकरण गर्न मास्कको भूमिकाका बारेमा अनुसन्धान गरेको हो । अष्ट्रेलियाको भिक्टोरिया राज्यको सहकार्यमा गरिएको अध्ययनबाट तयार पारिएको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ । प्रतिवेदनका अनुसार मास्कको प्रयोगले
बिराटनगर। नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। ४७६ जना संक्रमणबाट मुक्त हुँदा पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थप ८१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरबाट ४५३४ नमूना परीक्षण गर्दा ८१५ जनामा संक्रमण पुष्टि हो। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २४११ र एन्टिजेनबाट २१२३ नमूनाको
काठमाडौं। ६७०५ नमूना परीक्षण गर्दा ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३६१४ नमूनाको पीसीआर र ३०९१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ४९६ र एन्टिजेन विधिबाट ३७२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। सोही समयमा कोरोनाबाट थप ३ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार
भोजपुर। कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी सङ्क्रण देखिएको छ । यहाँ एकै दिन
बिराटनगर।नेपालमा कोरोना भाइरस संक्रमित संगै मृत्यु हुनेको संख्या तिब्र गति बढ्दै गएको छ। पछिलो २४ घण्टामा थप एक हजार ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने थप दुइ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घन्टामा देशभरबाट ६३०० नमूना परीक्षण गर्दा एक हजार ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको
बिराटनगर । एकैदिन थप ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ६४९१ नमूना परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २९४१ र एन्टिजेनबाट ३५५० नमूनाको परीक्षण गर्दा पीसीआरबाट ५२९ र एन्टिजेनबाट ३८३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। आज कोरोनाबाट थप
बझाङ। आगामी संघीय तथा प्रदेश निर्वाचनका लागि बझाङमा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदानस्थल थप गर्न सिफारिस गरेको हो । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षतामा बसेको बैठकले छविसपाथिभेरा गाउँपालिका–५ को चन्द्रोदय माध्यमिक विद्यालय खतेडा र केदारस्युँ गाउँपालिका–४ को शिक्षोदय माध्यमिक विद्यालय बागथलामा केन्द्र थप
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सातवटै प्रदेशमा रहेका १७ संघ र प्रादेशिक अस्पतालको व्यवस्था गरिएको जानकारी